तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश « Khabarhub

तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना हुने भएको छ । दुई वर्षअघि २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पराजित स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले उच्च अदालत पोखरामा दिएको रिटको पक्षमा फैसला आएपछि पुनः मतगणना हुने भएको हो ।

अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो ।

पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा समेत रहेका दीपकले २०७९ जेठ १२ गते उच्च अदालत पोखरामा रिट दिएका थिए ।

जोशी कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग २५२ मत अन्तरले पराजित भएका थिए । कांग्रेसका न्यौपानेले १२ हजार ७८ मत प्राप्त गर्दा जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए । न्यौपाने तत्कालीन कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार थिए भने जोशीलाई एमालेले सघाएको थियो ।

जोशीले केही मतदान केन्द्रमा खसेको भन्दा बढी मत प्राप्त भएको, मत गणना गर्दा गडबडी गरेर धाँधली गरी षड्यन्त्रपूर्वक आफूलाई हराएको दाबी गरेका थिए ।

जोशीले वडा नम्बर १ देखि ८ सम्म जितेको परिणाममा सुनाइएको र वडा नम्बर ९ देखि १४ सम्म विपक्षको योजनामा षड्यन्त्रपूर्वक आफ्नो विपक्षमा परिणाम निकालिएको दाबी गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ८ : ४९ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना