जसपा दल विभाजनसम्बन्धी रिट न्यायाधीश शर्माको इजलासमा « Khabarhub

जसपा दल विभाजनसम्बन्धी रिट न्यायाधीश शर्माको इजलासमा


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगको मान्यताविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ।

उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलास पेसी तोकिएको छ ।

निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका थिए ।

जसपा नेपालमा भएको विभाजनपछि यादवको पार्टीमा १२ मध्ये ५ जना मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् ।

यादवले सरकार छाडेर राई नेतृत्वको दल खारेजीको माग गर्दै अदालत गएका हुन् । उनले निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दर्ता गराएका थिए ।

गत वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए । सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएको थियो ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  १२ : १५ बजे

मूर्ति विसर्जन गर्न कोसी कटानमा भिड (तस्बिरहरू)

काठमाडौं– हिजो विश्वकर्मा पूजा गरेको माटाको मूर्ति विसर्जन गर्न आज

रसुवा बाढीपीडित व्यवसायीलाई राहत पुनस्र्थापना कार्यक्रम शीघ्र कार्यान्वयन गर्न समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढीबाट प्रभावित व्यावसायिक प्रतिष्ठानहरूका

आइभीएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने

काठमाडौं–  स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सहायक प्रजनन प्रविधि

राष्ट्रियसभा : सहायक प्रजनन प्रविधिको प्रयोगसम्बन्धी कानुन निर्माणको सङ्कल्प प्रस्ताव पारित

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा (मकवानपुर)- बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली