क्यान्सरको त्रास बढेपछि भारतीय मसलामा निगरानी, सरकार भन्छ–अनुसन्धानपछि प्रतिबन्धबारे सोचिने « Khabarhub

क्यान्सरको त्रास बढेपछि भारतीय मसलामा निगरानी, सरकार भन्छ–अनुसन्धानपछि प्रतिबन्धबारे सोचिने


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय ब्रान्ड एमडीएच र एभरेष्ट मसलाको बिक्रीमा हङकङ र सिंगापुरले प्रतिबन्ध लगाएपछि नेपालमा पनि यी उत्पादनको नमूना परीक्षण गरिएको छ । 

खाद्यको गुणस्तर हेर्ने अन्तर्राष्ट्रिय सञ्जाल इन्फोसानले प्रतिबन्ध लगाउने विषयमा केही नबोलेको तर आम उपभोक्ताको जनस्वास्थ्यसंग जोडिएकाले नमूना परीक्षण भइरहेको खाद्य गुणस्तर तथा नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । खवरहवसँग महर्जनले भने– इन्फोसानले भनेको उत्पादनहरूमा त प्रतिबन्ध नै लगाउने गरिएको छ । तर अरुको कुरामा भर नपरी हामी आफैंले अनुसन्धान गरेर मात्रै त्यो विषयमा निर्णय लिने गर्छौँ । 

यी दुई ब्राण्डका मसलामा क्यान्सर गराउने रसायन रहेको समाचार सार्वजनिक भएपछि नेपाली उपभोक्तामा चासो र चिन्ता बढेको हो । दुवै ब्राण्डका विभिन्न मसला नेपाली बजारमा लोकप्रिय छन् । तर नेपाली बजारमा धेरै स्वदेशमै उत्पादित मसलाहरू बिक्री भइरहेका प्रवक्ता महर्जनको दाबी छ । 

उनले भने, हाम्रो स्वदेशमै उत्पादित मसलाहरू धेरै छ । हङकङ र सिंगापुरको जस्तो अन्य देशको उत्पादन कमै मात्रामा रहेकाले त्यसको नमूना संकलनको काम भइरहेको छ रिपोर्ट आएपछि मात्रै के गर्ने भन्ने विषयमा निधो हुन्छ । 

नमूना संकलनको रिपोर्ट आएपछि इन्फोसानमा पठाउने र इन्फोसानको निर्णय अनुसार अघि बढ्ने उनले बताए । उता हङकङ र सिंगापुरले मसलामा अनुमतियोग्य स्तरभन्दा बढी कार्सिनोजेनिक कीटनाशक इथिलीन अक्साइड पत्ता लगाएपछि बिक्रीमा प्रतिबन्ध लगाएका थिए । 

बीबीसीका अनुसार परीक्षणका क्रममा करी पाउडर, साम्भर मसला तथा मिश्रित मसलामा मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने एथिलिन अक्साइड पाइएको थियो। एथिलिन अक्साइडमा क्यान्सरको कारक तत्व कार्सिनोजेन हुने भएकाले मसला बिक्रीमा प्रतिबन्ध गरिएको हो। 

हङकङको खाद्य सुरक्षा विभागका अनुसार खाद्य सामग्रीमा एथिलिन अक्साइड प्रयोग गरेको पाइएमा त्यस्ता कम्पनीलाई अधिकतम ५० हजार डलर जरिवाना र ६ महिनासम्म कैदको सजाय हुन्छ। सिंगापुरको खाद्य सुरक्षा विभागले पनि हङकङको सूचनाका आधारमा आफ्नो मुलुकमा एभरेष्ट र एमडीएचका मसला बिक्रीमा प्रतिबन्ध लगाएको छ।

एथिलिन अक्साइड रंगविहीन ज्वलनशील ग्यास हो। यसको प्रयोग कृषि, स्वास्थ्य तथा खाद्य प्रशोधन उद्योगमा कीटनाशकका रुपमा गरिन्छ। मसला उद्योगमा सुक्ष्मजीवले पुर्‍याउने असर र किराबाट मसलामा हुन सक्ने क्षति न्यूनीकरणका लागि यसको प्रयोग हुन्छ।

विभिन्न स्वास्थ्य संगठनहरुले यसलाई कार्सिनोजेनको वर्गमा राखेका छन् । यो रसायनको खतरालाई मध्यनजर गर्दै धेरै मुलुकले यसको प्रयोगबारे कडा कानुनसमेत बनाएका छन् । भारतीय मसलाको गुणस्तरबारे यसअघि अमेरिकामा पनि प्रश्न उठेको थियो। सन २०२३ मा अमेरिकी खाद्य तथा औषधीसम्बन्धी नियामकले साम्भर तथा गरम मसला बजारबाट फिर्ता लान भनेको थियो। ती मसला प्रयोगशालामा परीक्षण गर्दा सालमोनेला पाइएको थियो। 

यो ब्याक्टेरियाका कारण झाडापखाला, पेटको सिकायत, ज्वरो आउने र रिँगटा लाग्ने समस्या उपभोक्तामा देखिएको थियो।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  १ : १३ बजे

१३२ केभी प्रसारण लाइनको आजदेखि परीक्षण सुरु

गुल्मी– नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न

ऐरीको अर्धशतक, नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा वेस्ट अलराउन्डर दीपेन्द्रसिंह

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं– महाशिवरात्रि पर्वका अवसरमा केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका

इन्डिजविरुद्ध ऐरीको अर्धशतक

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध आइतबारको खेलमा नेपालका

नवलपरासीमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको