कलैया उपमहानगरपालिकाका २ इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

कलैया उपमहानगरपालिकाका २ इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकाका २ जना इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कलैया उपमहानगरपालिका–२१ भोडहादेखि तपी माध्यमिक विद्यालयदेखि मदिलवासम्मको सडक ढलान गर्ने क्रममा अनियमितता गरेको पुष्टि भएको भन्दै अख्तियारले दुवैजना इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा गरेको हो ।

उक्त सडकखण्ड ढलान कामका लागि गठन भएको उपभोक्ता समितिले कमसल सामग्री प्रयोग गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीको छानबिनका क्रममा इन्जिनियर किशोर यादवले उपभोक्ता समितिमार्फत भएको वास्तविक भएको कामभन्दा बढी काम भएको देखाएर नापी किताव तयार देखिएको अख्तियारले जनाएको छ । यस्तै, अर्का इन्जिनियर माधव प्रसाद यादवले उक्त कार्यलाई समर्थन जनाइ सिफारिस गरी अनियमितता गरेको अख्तियारको दाबी छ ।

अख्तियारले दुवैजनाविरुद्ध ५ लाख ७१ हजार २ सय ६९ रुपैयाँ बिगो, ३ वर्षसम्म कैद र ५० हजार जरिवाना मागदाबी गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ५ : ३७ बजे

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, न्यायको पर्खाइमा ओझा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू