कलैया उपमहानगरपालिकाका २ इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

कलैया उपमहानगरपालिकाका २ इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकाका २ जना इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कलैया उपमहानगरपालिका–२१ भोडहादेखि तपी माध्यमिक विद्यालयदेखि मदिलवासम्मको सडक ढलान गर्ने क्रममा अनियमितता गरेको पुष्टि भएको भन्दै अख्तियारले दुवैजना इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा गरेको हो ।

उक्त सडकखण्ड ढलान कामका लागि गठन भएको उपभोक्ता समितिले कमसल सामग्री प्रयोग गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीको छानबिनका क्रममा इन्जिनियर किशोर यादवले उपभोक्ता समितिमार्फत भएको वास्तविक भएको कामभन्दा बढी काम भएको देखाएर नापी किताव तयार देखिएको अख्तियारले जनाएको छ । यस्तै, अर्का इन्जिनियर माधव प्रसाद यादवले उक्त कार्यलाई समर्थन जनाइ सिफारिस गरी अनियमितता गरेको अख्तियारको दाबी छ ।

अख्तियारले दुवैजनाविरुद्ध ५ लाख ७१ हजार २ सय ६९ रुपैयाँ बिगो, ३ वर्षसम्म कैद र ५० हजार जरिवाना मागदाबी गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ५ : ३७ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल