आज २०८१ साल जेठ ४ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ ४ गते शुक्रबारको राशिफल


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


19.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ ४ गते शुक्रबार तदनुसार सन् २०२४ मे १७ तारिख । वैशाख शुल्क पक्षको नवमी तिथि । चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ । खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : आज शिक्षाको लगानीबाट फाइदा हुने दिन छ । नयाँ ठाउँको यात्राले मन भुलाउन सक्छ । मिष्ठान्न भोजनको सम्भावना छ । परिवारको साथ र सहयोग मिल्नेछ । स्वदेशमै लगानीको सम्भावना देख्न सकिन्छ । 

वृष : सङ्घर्षको दिन छ । वैदेशिक क्षेत्रबाट फाइदा मिल्नेछ । स्वदेशी क्षेत्रमा लगानी नगर्नु राम्रो । परिवारको सहमतिमा हरेक योजनामा हात लगाउनु राम्रो हुन्छ । 

मिथुन : अधुरा काम पूरा हुनेछन् । लगानी गर्ने क्षेत्र प्रशस्त छन् छनोट गरेर गर्नुपर्ने हुन्छ । पारिवारिक सहयोग मिल्नेछ । सामाजिक क्षेत्रमा सेवा गरिनेछ । 

कर्कट : सानो कुराले ठूलो हल्ला हुन सक्छ । विपक्षी सक्रिय छन् । रोग बढ्नेछ । परिवारको सहयोग मिल्नेछ । व्यपार व्यवसायमा फाइदा मिल्नेछ । 

सिंह : उमङ्ग, प्रशन्न मिल्नेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रमा नाफा हुने योग छ । पारिवारिक सफलता मिल्नेछ । 

कन्या: परिवारमा मनमुटाव हुन सक्छ । ठूलो लगानी नगर्नु राम्रो । वादविवाद बढ्ने योग छ । वैदेशिक लगानीमा फाइदा र परिवारमा सहयोग मिल्नेछ ।  

तुला : धोका मिल्नेछ । परिश्रम गर्नुपर्नेछ । स्वास्थ्य र कृषिमा लगानी गरे उन्नती हुने दिन छ । परिवारबाट सन्तोष मिल्नेछ । 

वृश्चिक : धर्मकर्ममा मन जानेछ । शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ । परिवारमा मेलमिलाप हुनेछ । सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त हुनेछ । 

धनु : आज गरेको लगानीबाट फाइदा मिल्नेछ । शिक्षामा गरेको लगानीबाट सफलता, स्वास्थ्यमा लाभ, वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा रमाइलो भेटघाट हुने योग छ । परिवारमा मेलमिलाप हुनेछ । 

मकर : संघर्ष गर्नुपर्नेछ । लाभ मिल्नेछ । कुरा काट्नेहरू बढ्नेछन् । ठूलो लगानी नगरेको राम्रो । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ ।  

कुम्भ : मन प्रसन्न रहने योग छ । शिक्षा, स्वास्थ्यमा सहजता रहला । पारिवारिक शान्ति कायम हुनेछ ।  

मीन : आलस्य बढ्नेछ । आरोप प्रत्यारोपको सामना गर्नुपर्नेछ । काम बढी र कम बोल्नु राम्रो । शिक्षा र स्वास्थ्यमा सफलता मिल्नेछ । पारिवारिक सहयोग मिल्नेछ ।   

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ६ : ०५ बजे

जनस्वास्थ्य संकट बन्दै विषालु च्याउः हरेक वर्ष कतिले गुमाउँछन् ज्यान ?

वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको तयारी (तस्बिरहरू) 

काठमाडौं- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि