सिजनको अन्तिम खेलमा मुम्बई पराजित : १८ रनको जितले लखनउ प्लेअफ पुग्न असफल « Khabarhub

सिजनको अन्तिम खेलमा मुम्बई पराजित : १८ रनको जितले लखनउ प्लेअफ पुग्न असफल


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्स पराजित भएको छ। वनखडे रंगशाला मुम्बईमा लखनउ सुपर जायन्ट्स र मुम्बईले अन्तिम प्रतिस्पर्धा गरेका हुन्।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको लखनउले ६ विकेटको क्षतिमा २१४ रन बनाएको थियो। लखनउका लागि निकोलस पुरन र कप्तान केएल राहुलले अर्धशतक बनाए। पुरनले मात्र २९ बलमा ५ चौका र ८ छक्काको मद्दतमा ७५ रन बनाए भने कप्तान राहुलले सम्हालिएर खेल्दै ४१ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५५ रन बनाए। मार्कश स्टोनिसले २८ रन बनाउँदा आयुष बदोन नटआउट २२ रनमा समेटिएका थिए।

मुम्बईका लागि नुवान तुषारा र पियुष चावलाले समान तीनतीन विकेट लिए।

२१५ रनको लक्ष्य पछ्याएको मुम्बईका लागि अन्तिम खेलमा रोहित शर्मा र नविन धिरले अर्धशतक बनाए पनि जितका लागि त्यो पर्याप्त भएन। ३८ बल खेल्दै १० चौका र ३ छक्काको मद्तमा शर्माले ६८ रन बनाए भने धिरले २८ बलमा ४ चौका र ५ छक्काको मद्तमा नटआउट ६२ रन बनाए।

मुम्बईका लागि डिवाल ब्रेभिसले २३, कप्तान हार्दिक पाण्डेय १६, इसन किशन १४ रनमा समेटिए। मुम्बई पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९६ रनमा समेटिएको हो।

मुम्बईलाई सस्तैमा समेट्न लखनउका लागि नवीन उलहक र रवि बिश्नोईले समान दुईदुई विकेट हात पारे भने क्रुनाल पाण्डेय र मोहसिन खानले समान एकएक विकेट हात पारे।

प्लेअफ पुग्न लखनउले ठुलो अन्तरको जित र अन्य खेलमा भर पर्नुपर्ने आवश्यक थियो। १८ रनको जितले लखनउलाईसमेत प्लेअफको ढोका बन्द गरिदिएको छ। समान १४ अंकसहित रन रेटको आधारमा माथि रहेको चेन्नईले एक खेल खेल्न बाँकी छ।

प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो चेन्नई र रोयल च्यालेन्जर्स बैंग्लोरबिच शनिबार हुने खेलले निर्धारण गर्नेछ। चेन्नईले जित निकाले १६ अंकसहित प्लेअफ पुग्नेछ भने फराकिलो अन्तरमा पराजित भएमा रनरेटको आधारमा प्लेअफ पुग्ने टिमको टुंगो लाग्नेछ। यसअघि नै कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद प्लेअफमा पुगिसकेका छन्।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ६ : ११ बजे

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.

राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद