सरकारबाटै लोकतन्त्रमाथि खतरा बढ्यो : नेता विष्ट | Khabarhub Khabarhub

सरकारबाटै लोकतन्त्रमाथि खतरा बढ्यो : नेता विष्ट


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता आनन्द विष्टले कम्युनिस्ट सरकारबाट लोकतन्त्रमाथि खतरा बढेको औंल्याएका छन्।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवम् कांग्रेस पूर्वकेन्द्रीय सदस्यसमेत रहेका विष्टले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारी र ठगहरूलाई उन्मुक्ति दिन संसद् नै कब्जा गर्न खोज्नुले वर्तमान सरकारबाट लोकतन्त्र खतरामा रहेको प्रस्ट भएको बताए।

सहकारी ठग मन्त्रीलाई जोगाउन काङ्ग्रेसमाथि सदनमै आक्रमण गर्न खोज्नु आपत्ति जनक रहेको उनको भनाइ छ।

 ‘संसद्लाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो भन्ने वामपन्थी धारणा यतिबेला छरपस्ट भएको छ। आफू प्रधानमन्त्री हुँदा सदन विघटनको कुचेस्टा गरेका एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला सहकारी ठगको पक्षमा उभिनु भएको छ। जनतालाई ठग्नेहरूले कस्तो सुशासन र समृद्धि ल्याउलान?’ विष्टको प्रश्न छ।

एमालेका नेताहरू पनि सहकारी ठगीमा फस्ने भएकाले ओली सहकारी ठगहरूको पक्षमा उभिएको विष्टले औँल्याए। सभामुख पनि आफ्नै पार्टीको भएकाले ओलीले सभामुखसँग कार्यकर्ताको जस्तो व्यवहार गर्न खोजेको विष्टको टिप्पणी छ। 

जनतालाई ठग्ने अधिकार कसैलाई नभएको विष्टको धारणा छ। छानविन समिति गठन नभएमा सदन चल्न नसक्ने र कांग्रेसले सडकदेखि सदनसम्मै संघर्ष जारी राख्ने उनको चेतावनी छ।

सरकार र सत्तारुढ दलका क्रियाकलापले लोकतान्त्रिक गणतन्त्रका प्राप्त उपलब्धि पनि खतरामा पर्ने देखिएको विष्टको भनाइ छ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  १ : १४ बजे

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं – ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको