सदन खुलाउन प्रधानमन्त्री, सभामुख र ओलीबीच छलफल सुरु  « Khabarhub

सदन खुलाउन प्रधानमन्त्री, सभामुख र ओलीबीच छलफल सुरु 


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, ​​​​​​​प्रतिनिधि सभाका  सभामुख देबराज घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरु भएको छ । 

शनिबार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयुक्त छलफल सुरु भएको  सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ। 

छलफलका लागि प्रधानमन्त्री शनिबार नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गरेर लगत्तै फर्किएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले बिहान कांग्रेस नेताहरूसँग छलफल गरेर समिति बनाउने विषयमा सकारात्मक देखिएका थिए । 

कांग्रेस प्रमुख सचेतक लेखकका अनुसार उनले सत्ता दल र सभामुखसँग छलफल गरेर निर्णय लिने बताएका छन् । तर एमाले अध्यक्ष ओली कांग्रेसको अडानमा सकारात्मक नभएको देखिन्छ । 

कांग्रेसले गृहमन्त्रीलाई सदनमा बोल्न दिएको छैन । तर अन्य प्रतिपक्ष दलहरूले भने एक पटक बोल्न दिएर समिति बनाउने बताइरहेका छन् । 

कांग्रेसले भने बोल्न दिएर मात्र समितिको मापदण्ड तयार गर्ने कुरामा सहमति जनाएको छैन । पहिले नै समिति बनाउन लिखित हस्ताक्षर भएपछि मात्र गृहमन्त्रीलाई बोल्न दिने कांग्रेसको अडान छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार पहिला एमाले र सभामुखसँग छलफल गर्ने र वार्ता निष्कर्मा नपुगे अन्य सत्ता दललाई पनि बोलाइने छ । 

सचिवालयले भन्यो,  ‘कांग्रेसलाई सो बैठकमा राख्ने नराख्ने विकसित घटनाले देखाउँछ ।’

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  २ : ४१ बजे

बालेन-रविको सम्झौताको विरोधमा हर्क साम्पाङ- मिडिया ट्रायल गरेर प्रधानमन्त्री घोषणा गरेछन्

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका प्रमुख

प्रतिनिधिसभा निर्वाचन: आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक

रक्षा बमलाई प्रश्न: रवि-बालेन सहमतिमा जेनजी र सरकारबीचको १० बुँदे सम्झौता किन समेटिएन ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका

स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी – पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि