एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि | Khabarhub Khabarhub

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

काठमाडौंएपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० को उपाधि जितेको छ ।  एपीएफले शनिबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

सुदूरपश्चिमका लागि अन्त्यमा आक्रामक ब्याटिङ गर्दै जित नजिक पुगेपनि अन्त्यमा २ रनले एपीएफ विजयी भएको थियो । कविता जोशी १९औ ओभरमा ३ छक्का सहित २३ रन बनाएकी थिइन् । तर अन्तिम ओभरमा ६ रन मात्र आवश्यक रहेकोमा सो बनाउन नसकेपछि सुदूरपश्चिमले  जित हासिल गर्न सकेन ।

यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । 

योसँगै एपीएफले लगातार चौथो पटक ललितपुर मेयर्स कपको उपाधि जितेको छ ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ४ : ५९ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित