लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित | Khabarhub Khabarhub

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् ।

सङ्घको आज बिहान सम्पन्न निर्वाचनमा दुई प्रतिस्पर्धीलाई पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।

सङ्घको प्रथम उपाध्यक्षमा विनोदजङ्ग केसी, द्वितीय उपाध्यक्षमा हर्कबहादुर लिम्बू, तृतीय उपाध्यक्षमा सेमन्तराज न्यौपाने र महासचिवमा महेशकुमार बस्नेत चयन भएका छन् ।

यस्तै, सचिवद्वयमा तुलसीराम पुरी र राज लामा, कोषाध्यक्षमा हिमा गुरुङ र सहकोषाध्यक्षमा लिलबहादुर तामाङ निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा देवीप्रसाद गिरी, शालिकराम अधिकारी, दीपककुमार राय, सौरभ आचार्य, विद्यालक्ष्मी बज्राचार्य, अभिनभमानसिंह बस्नेत, राजेश्वर यादव, सविताकुमारी सिंह, रोशना निरौला र महेशकुमार श्रेष्ठ चुनिएका छन् । सङ्घमा देशभरका चार सयभन्दा बढी व्यवसायी आबद्ध छन् ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  १० : २९ बजे

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध

नेपाली फिल्मलाई फाप्यो कात्तिक, सुस्ताएको बक्स अफिस तंग्रिँदै

काठमाडौं – ०८२ सालमा कात्तिक १४ सम्म ३० फिल्म प्रदर्शनमा

भीम रावललाई फकाउँदै दाहाल-नेपाल, सकारात्मक छ कुराकानी

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र

उसुको विकास र विस्तारका लागि सम्झौता

काठमाडौं– चीनको शिचुवान प्रान्तको मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन