भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुनः प्रदर्शन हुने  « Khabarhub

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुनः प्रदर्शन हुने 


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ गायक एवं भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’ पुनः प्रदर्शनमा आउने भएको छ । उनका जेठा छोरा सत्यराजले शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी असार ७ गते विश्वव्यापीरूपमा फिल्म पुनः प्रदर्शनमा आउने जानकारी दिएका हुन् ।

‘आचार्य’ फिल्म १३ वर्षअघि प्रदर्शनमा आएको थियो । त्यस समय धेरै दर्शकले सो फिल्म हेर्न नपाएकाले पुनः प्रदर्शन गर्ने निर्णय गरिएको फिल्मका केन्द्रीय कलाकारसमेत रहेका सत्यराजले बताए ।

गत फागुन १४ गते गायक भक्तराजको निधन भएको थियो । उनको सम्मान स्वरूप सो फिल्म नयाँ जस्तै गरी प्रदर्शनमा ल्याउने तयारीमा निर्माण पक्ष छ । असार ५ गते प्रिमियर शोको आयोजना गरिने सत्यराजले जानकारी दिए ।

यस पटक प्रदर्शन गर्ने सिनेमामा भक्तराजको निधन पश्चताका दृश्यहरू पनि थपिएको उनको भनाइ छ । ‘आचार्य’ फिल्ममा भक्तराजको जीवनका मुख्य पाटाहरू केलाइएको छ । उनले गरेको सङ्घर्ष, भोगेका दुख, कष्ट, पाएको सफलताहरू समेटिएका छन् । २०४६ सालमा सांघातिक आक्रमणपछि स्वर गुमेको घटना पनि फिल्ममा देखाइएको छ ।

सत्यराजका अनुसार आगामी साता ट्रेलर रिलिज गर्ने योजना रहेको छ । प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको यस फिल्ममा सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ । भक्तराजको भूमिका सत्यराज स्वयंले निर्वाह गरेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ३ : २२ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई