फेरि एक पटक अन्तरिक्ष उडानमा ब्लू ओरिजिन « Khabarhub

फेरि एक पटक अन्तरिक्ष उडानमा ब्लू ओरिजिन


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तरिक्ष यात्रा गर्ने सबैको सपना हुन्छ । तर त्यस्ता भाग्यमानी मान्छे कमै हुन्छन् जसको सपना पूरा हुन्छ । तर, अब केहीको यो सपना पूरा हुन लागेको छ । ब्लू ओरिजिनले लगभग दुई वर्षपछि अमेरिकी समू अनुसार आइतबार बिहान साढे ८ बजे ६ जनालाई अन्तरिक्षमा पठाउने भएको छ ।

सन् २०२२ मा यसको एउटा रकेट दुर्घटना भयो, त्यसपछि कम्पनीले उडानमा प्रतिबन्ध लगाएको थियो । अब फेरि एकपटक अमेजनका संस्थापक जेफ बेजोसको कम्पनी सबर्बिटल रकेट प्रक्षेपण गर्ने तयारीमा छ । यसले अन्तरिक्ष पर्यटन बजारमा प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ ।

अन्तरिक्षमा पठाइने ६ जनामध्ये पूर्व वायुसेना पाइलट एड ड्वाइट पनि सामेल छन् । उनलाई अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सन् १९६१ मा देशको पहिलो अश्वेत अन्तरिक्ष यात्री उम्मेदवारको रूपमा चयन गरेका थिए तर उनलाई अन्तरिक्षमा उड्ने अवसर दिइएन ।

जानकारीका अनुसार सबै छ जना अमेरिकाको वेस्ट टेक्सासस्थित कम्पनीको लन्च साइट वन बेसबाट उड्नेछन् ।

यो उडानसँगै वायुसेनाका पूर्व पाइलटले नयाँ इतिहास रच्न लागेका छन् । ९० वर्ष, आठ महिना र १० दिनको उमेरमा, ड्वाइट अन्तरिक्षमा सबैभन्दा वृद्ध व्यक्ति बन्नेछन्। उनले स्टार ट्रेक अभिनेता विलियम शाटनरको कीर्तिमान तोड्नेछन् ।

शाटनरको जन्म क्यानडामा मार्च २२, १९३१ मा भएको थियो । उनी क्यानेडियन अभिनेताका रूपमा चिनिन्छन् । अभिनेता हुनुको अलावा उनी लेखक, निर्देशक, निर्माता, पटकथा लेखक र गायक पनि हुन्। उनी सन् २०२१ मा अन्तरिक्ष यात्री पनि बनेका थिए । ९० वर्षको उमेरमा, शाटनरले अन्तरिक्षमा यात्रा गर्ने सबैभन्दा वृद्ध अन्तरिक्ष यात्री बन्ने कीर्तिमान राखेका थिए।

यो ब्लू ओरिजिनको पहिलो उडान होइन। न्यू शेफार्ड-२५ मिसनको लागि सातौं उडान हो। छ जना मध्येका फ्रान्सेली उद्यमी सिल्भेन चिरोन यो उडानलाई लिएर निकै उत्साहित छन् । एक अन्तर्वार्तामा उनले आकाशबाट मानव संसारलाई सीमाविहीन र सुन्दरताले हेर्न पाउँदा निकै उत्साहित भएको बताएका थिए ।

ब्लू ओरिजिनले अहिलेसम्म ३१ जनालाई अन्तरिक्षमा पुर्याइसकेका छन् । यी यात्राहरू न्यू शेपर्ड मार्फत सम्पन्न भएका छन् । न्यू शेपर्ड एउटा सानो, पूर्ण रूपमा पुन: प्रयोज्य रकेट प्रणाली हो, जसको नाम अन्तरिक्षमा पहिलो व्यक्ति अमेरिकी एलन शेपर्डको नामबाट राखिएको छ ।

समाचार श्राेत : न्युज कारखाना 

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ७ : ३५ बजे

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार