रविले बोले पनि फुकेन संसदको गाँठो | Khabarhub Khabarhub

रविले बोले पनि फुकेन संसदको गाँठो


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही दिनको प्रयास आइतबार पनि सार्थक हुन सकेन ।

आइतबारको बैठकमा गृहमन्त्री रवि लामिछानेले स्पष्टीकरण दिए पनि नेपाली कांग्रेसले सोमबार बिहानको बैठक चल्न नदिने घोषणा गरेको छ ।

बजेट अधिवेशन सुरु भएकै दिनदेखि नेपाली कांग्रेसले संसद अवरोध गर्दै आउको छ । गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले उनीमाथि छानविनका लागि संसदीय समिति गठन गरिनुपर्ने माग गर्दै आएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले भने संसदमा आफूले जवाफ दिन पाउनुपर्ने माग गर्दै आएका थिए । सो अनुसार आइतबार अपरान्ह बसेको संसद बैठकमा मन्त्री लामिछाने बोलेका छन्

लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको तर कांग्रेसले आफूमाथि पूर्वाग्रह साँधेको र गुनासो गरेका छन् । साथै अन्य सांसदहरुको पनि मिडियामा समाचार आएको भन्दै उनीहरुमाथि पनि व्यक्तिकेन्द्रित छानविन गर्न लामिछानेले चुनौती दिएका छन् ।

गृहमन्त्री लामिछानेको जवाफपछि नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्रीमाथि छानविनका लागि समिति नबनेसम्म कांग्रेसले सोमबारको बैठक पनि चल्न नदिने बताए ।

सोमबार बिहान ११ बजे बोलाइएको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिने कार्यसूची छ । तर, रविमाथि छानविन समिति नबने सो बैठक पनि चल्न नदिने महामन्त्री थापाले बताए ।

गृहमन्त्री लामिछानेले संसदीय छानविन समिति गठनमा आफू तयार भएको तर, त्यसको कार्यक्षेत्र कस्तो तोक्ने भन्नेमा रास्वपाको कुनै अवरोध नहुने बताएका छन् । उनले प्रमुख तलहरु मिलेर समितिको अधिकार क्षेत्र तोक्दा आफूलाई फरक नपर्ने बताएका छन् ।

अब सोमबार बिहान ११ बजे अघि नै समिति गठन गरिसक्न कांग्रेसले सत्तापक्षलाई अल्टिमेटम दिएको छ ।

थप समाचार-

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले प्रधानमन्त्रीको अफर किन गरेको ?

कांग्रेससँग गठबन्धन गर्न रविले स्वर्णिमलाई दूत बनाएर पठाएको दाबी

गगनमाथि संसद्‍बाटै रविको ‘बदला’

छामछुम समिति : रवि जोखिममा, अरु धरापमा

एक्सप्लेनर : मिसन ८४ पचाउन सक्ने सहकारीको सलह

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  १० : ११ बजे

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा

भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड

काठमाडाैं – भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा

एमालेमा विद्यालाई रोक्न नहुने मत बलियो, समूह छलफलमा प्रदेश अध्यक्ष समेतले गरे नेतृत्वको आलोचना

काठमाडाैं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा

इन्द्रजात्राको महाकाली नाचमा सहभागी कलाकारहरू (तस्बिरहरू)

काठमाडौं – इन्द्रजात्रामा महाकाली नाचको प्रस्तुतिमा सहभागी कलाकारहरूले इन्द्रजात्राको क्रममा