ब्याज २०२५ मा कुन मेडिकल कलेजलाई कति सिट ? (सूचीसहित) | Khabarhub Khabarhub

ब्याज २०२५ मा कुन मेडिकल कलेजलाई कति सिट ? (सूचीसहित)


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र ०८१/८२ (ब्याच २०२५)  का लागि ८ हजार ७० सिट निर्धारण गरेको छ ।

आयोग कार्यकारी समितिको बैठकले साउन ३२ गते नै यस्तो सिटसङ्ख्या निर्धारण गरेको थियो । सो को विवरण आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयले हिजो (शनिबार) सार्वजनिक गरेको हो ।

मेडिकल कलेज लगायतले अब आयोगले निर्धारण गरेको सिटसङ्ख्या आधारमै चिकित्सा शिक्षा अध्यापन गराउन पाउनेछन्‌ ।

आयोगले राष्ट्रिय चिकित्सा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा नियमावली, २०७७ बमोजिम विदेशी, सैनिक कल्याणकारी कोष, सःशुल्क तथा छात्रवृत्ति (खुला तथा आरक्षित) समूह खुलाई विस्तृत विवरण प्रकाशन हुने समेत जनाएको छ ।

सन्‌ २०२४ का लागि आयोगले कूल ७ हजार ५०४ सिट निर्धारण गरेको थियो । सन्‌ २०२५ का लागि ११ हजार ७३५ सिट माग भएकोमा ८ हजार ७० सिट निर्धारण गरेको हो ।

सिटसङ्ख्या विवरणको सूचीः

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  २ : ०५ बजे

सङ्घीयताबारे तर्कहीन टिप्पणी नगर्न सभामुखको आग्रह

काठमाडौं– सभामुख देवराज घिमिरेले सङ्घीयता महँगो भएको टिप्पणी तर्कसङ्गत नभएको 

रवि र छविसहितको मुद्दा शुक्रबार अदालत पुगेन

काठमाडौं- कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको डेढ अर्बभन्दा धेरै बचत

नेपालमा थप एक जनामा मंकिपक्स पुष्टि

काठमाडौं– नेपालमा थप एक जनामा मंकिपक्स पुष्टि भएको छ ।

सहकारी ठगी : जीबीसहित १९ जनाविरुद्ध थप ४० करोड बिगोसहित पुरक अभियोग

पोखरा- पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा १९ जना

दाङमा बस र मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु, ११ घाइते

घोराही– दाङमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ