बारामा दश महिनामा दुई करोड ४३ लाख राजस्व संकलन « Khabarhub

बारामा दश महिनामा दुई करोड ४३ लाख राजस्व संकलन


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

कलैया– जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले चालु आवको साउनदेखि वैशाखसम्मका १० महिनामा ट्राफिक नियम उलङ्घन गर्ने २८ हजार तीन सय सवारीसाधनलाई कारबाही गरी दुई करोड ४३ लाख १५ हजार पाँच सय राजस्व संकलन भएको जानकारी दिए। 

त्यस अवधिमा सहरी सडकमा ८७ वटा, ग्रामीण सडकमा ८४ र राजमार्ग सडकमा २१ गरी एक सय ९२ सवारीसाधन दुर्घटना भएका थिए । महतोले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमसम्बन्धी प्रयोगात्मक अभ्याससहित चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको बताए। 

त्यसैगरी ट्राफिक नियम उलङ्घन गर्ने सवारीचालकलाई कारबाही, चालक र बटुवालाई ट्राफिक नियमबारे जानकारी, सडकछेउमा गरिने व्यापार गर्नेहरूलाई व्यवस्थापनालगायतका काम गर्न सरोकार भएका निकायसँग समन्वयको काम पनि भइरहेका पौडलले जानकारी दिए। 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  १ : ५१ बजे

इरान युद्धको छायामा ट्रम्प-ताकाइची भेट : अमेरिका जापानसँग के चाहन्छ ?

वासिङ्टन– जापानकी प्रधानमन्त्री सानाए ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली– यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा

आज विश्व हिमनदी दिवस

काठमाडौं– आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता समूहले

शपथका लागि सांसद दुई घण्टा अगाडि उपस्थित हुनुपर्ने, थप के छ सूचनामा ?

काठमाडौँ – प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ सम्बन्धी सूचना संघीय