आईपिएलः पहिलो क्वालिफायरमा आज कोलकाता र हैदरावादको भिडन्त « Khabarhub

आईपिएलः पहिलो क्वालिफायरमा आज कोलकाता र हैदरावादको भिडन्त


८ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्दैछन्।

श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकाता र प्याट कमिन्सको नेतृत्वमा रहेको हैदरावादको पहिलो क्वालिफायर अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ।

कोलकाताका सुनिल नारायन, आन्द्रे रसेल, फिल साल्ट र श्रीयस अय्यर र रिंकु सिंहलाई प्रभाव पर्ने ब्याट्सम्यानको रुपमा हेरिएको छ। त्यहाँ जुनसुकै बेला प्लेइङ–११ ले प्रभाव जमाउने छन्। बलिङतर्फसमेत सुनिल नारायन अगाडि छन्। वरुण चक्रवर्ती, हर्षित राना, आन्द्रे रसेल र मिचेल स्टार्कले बलिङमा उत्तिकै प्रभाव पार्नेछन्।

आईपिएल इतिहासमा कोलकाताले पहिलो क्वालिफायरमा पराजय भोगेको छैन। अहिलेसम्म दुई पटक पहिलो क्वालिफायर खेलेको कोलकाताले दुवै पटक फाइनल पुगेर उपाधि उचालेको छ। १३ पटक आईपिएलको प्लेअफ पुगेको कोलकाताले ८ पटक जित निकाल्दा ५ खेलमा पराजय भोगेको छ। आजको खेललाई महत्त्वका साथ हेरिएको छ।

यो सिजनमा हैदरावादको खेललाई हेर्दा पहिलो क्वालिफायरबाट फाइनल पुग्ने सम्भावना उत्तिकै छ। हैदरावादका ट्रेभिस हेड र अभिषेक शर्माको आक्रामक ओपनिङमा थुप्रै रेकर्ड बनेका छन्। यो सुरुवाती ब्याटिङ कोलकाताका लागि चुनौती बन्नसक्छ। उसका लागि हेनरिक क्लसेन र नितिश कुमार रेड्डीसमेत फममा छन्।

बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमार, कप्तान प्याट कमिन्स, टि नटराजन, आकाश सिंह कोलकाताका लागि भारी बन्नसक्ने देखिन्छ।

पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्ने दुवै टिमले फाइनलका लागि अवसर पाउने छन्। क्वालिफायर १ को विजेता सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले एलिमिनेटरको विजेतासँग फाइनलका लागि पुनः प्रतिस्पर्धा गर्न पाउने छन्।

बुधबार एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी) र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। एलिमिनेटरमा पराजित टिमको भने आईपिएल यात्रा समाप्त हुनेछ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ६ : ४० बजे

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

नारायणगढ– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

लुम्बिनीले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस

‘खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो’

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित

एनपीएलको उद्घाटनका लागि खेलकुदमन्त्री पोखरेल टीयू मैदानमा

काठमाडौं- खेलकुदमन्त्री सस्मित पोखरेल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

सीमामा जब ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो…

महेन्द्रनगर– सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका