सहकारी प्रकरण : कार्यदलको बैठक जारी « Khabarhub

सहकारी प्रकरण : कार्यदलको बैठक जारी


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन कार्यदलको बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको क्षेत्राधिकारबारे छलफल भइरहेको छ ।

शनिबार गठित कार्यदलले आइतबार बिहानदेखि साँझसम्म छलफल गरे पनि निष्कर्षमा पुग्न नसकेपछि आज फेरि बैठक बसेको हो ।

नेपाली कांग्रेसले समिति बनाउँदा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गर्नुपर्ने अडान राख्दै आएको छ भने सत्ता गठबन्धनका दल यस कुरामा असहमत छन् ।

कार्यदलमा कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य रहेका छन् । बैठकमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुनुहुन्छ ।

सहकारी प्रकरणमा छानबिन समितिको माग गर्दै कांग्रेसले लगातार संसद वैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १० : ०९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको