श्वेता तिवारीकी छोरीले भनिन्, सौतेला बुबाले यस्ता कमेन्ट गर्थे कि… « Khabarhub

श्वेता तिवारीकी छोरीले भनिन्, सौतेला बुबाले यस्ता कमेन्ट गर्थे कि…


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

टिभी कलाकार श्वेता तिवारीले आफूले घरेलु हिंसामा परेको भन्दै हालै उजुरी दिएकी छिन् । यो खबरसँगै यो विषय चर्चामा आएको छ ।

श्वेताको पहिलो बिहे घरेलु हिंसाका कारण असफल भएको थियो । पछि उनले अभिनवसँग दोस्रो बिहे गरेकी थिइन् । श्वेताले यो पनि भनेकी थिइन् कि अभिनवले आफ्नी सौतेली छोरी पलकसँग पनि दुर्व्यवहार गर्ने गर्थे ।

श्वेता र उनका पूर्वपति राजा चौधरीकी छोरी हुन् पलक ।

पलकले पनि आफ्ना बाबुप्रति आरोप लगाएकी छिन् । उनले इन्स्टाग्राममका माध्यमबाट दर्शकलाई धन्यवाद दिँदै लेखेकी छिन् कि, घरभित्र के हुन्छ, तपाईंलाई थाहा हुँदैन । मेरी आमाले दुवै बिहेमा धैर्य देखाइन् ।

पलकले अगाडि लेखिन्, मेरा सौतला बुबाले मलाई कहिल्यै पनि गलत तरिकाले छोएनन् । शारीरिक शोषण गरेनन् । तर उनले यस्ता कमेन्ट गर्थे कि, जो कुनै पनि महिलालाई सुनाउँदा लाज लाग्छ । तपाई‍ं यस्ता खालका कुरा आफ्ना बुबालाई सुनाउन मन पराउनुहुन्न ।

राजा चौधरीको पनि प्रतिक्रिया

श्वेताका पूर्वपति तथा पलकका पिता राजा चौधरीले यो घटनापछि चिन्ता व्यक्त गरेका छन् । उनले एक पिताका लागि यो चिन्ताको विषय भएको बताएका छन् । उनी पलकसँग सम्पर्कमा भएको पनि बताएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ११ : २७ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि