श्रममन्त्री अर्यालको सम्पत्ति : सहकारीमा २ करोड ऋण, १ करोड ४३ लाख शेयर र पैसा  « Khabarhub

श्रममन्त्री अर्यालको सम्पत्ति : सहकारीमा २ करोड ऋण, १ करोड ४३ लाख शेयर र पैसा 


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालको २ करोड रुपैयाँ सहकारीमा ऋण रहेको र झण्डै डेढ करोड बराबरको शेयर र नगद रहेको छ ।

मंगलबार प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा मन्त्री अर्यालले आफ्नो नाममा १ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर र नगद जम्मा भएको उल्लेख गरेका छन् ।

अर्यालको श्रीमतीको नाममा जनसागर सहकारीमा १५ लाख मौज्दात, आफ्नै नाममा १ करोड १५ लाख रुपैयाँ रहेको देखिएको छ । सुवर्ण भूमि र संयम सहकारीमा अर्यालकी श्रीमतीको नाममा ३ लाख रुपैयाँ शेयर रहेको छ भने आफ्नै नाममा जनसागर सहकारीमा १० लाख रुपैयाँको शेयर रहेको छ ।

अर्यालको श्रीमती केसीको नाममा ग्लोबल आईएमई बैंकमा ५० लाख, मिालयन बैंकमा १३ लाख रुपैयाँ मौज्यात रहेको छ । अर्यालको प्राईम राष्ट्रिय वाणिज्य र मेगा बैंकमा गरेर १८ लाख रुपैयाँ मौज्दात रहेको छ । उक्त रकम सबै व्यापार बाट ल्याएको अर्याले खुलाएका छन् ।

मन्त्री अर्यालको विग इन्भेस्टमेन्ट, पिपुल इन्भेस्मेनट र मेगा बैंकमा ५४ लाख रुपैयाँ बराबरको शेयर रहेको छ । उक्त लगानी सबै व्यापार आम्दानीबाट भएको उनले विवरणमा उल्लेख गरेका छन् ।

मन्त्री अर्यालसँग ५ लाख ४० हजार रुपैयाँ बराबरको १० तोला हिरा, ८२ लाख २० हजार रुपैयाँ बराबरको १५० तोला सुन र ७४ हजार रुपैयाँ बराबरको १०० तोला चाँदी रहेको छ । सो सम्पत्ति पनि व्यापारबाट आर्जन गरेको उनले उल्लेख गरेका छन् ।

अर्यालसँग ८ करोड २८ लाख रुपैयाँ बराबरको जग्गा रहेको र सो जग्गा व्यापार व्यवसायबाट भएको आम्दानीबाट नै गरेको विवरणमा उल्लेख छ ।

सवारी साधनको रूपमा उनीसँग १ करोड २५ लाख रुपैयाँ बराबरको प्राडो कार र  श्रीमतीको नाममा टाटा नेक्सन छ । मन्त्री अर्यालले स्वयम्भु स्टार व्याङकैटमा १ करोड १५ लाख, सुमेरु ट्राभल्स एण्ड टुर्स प्रालिमा ५ लाख, इजी लिङ्ग रेमिटमा १ करोड र एपिए ह्याण्डीक्रयाफ्ट्समा ३ लाख रुपैयाँ बराबरको लगानी गरेको विवरणमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ५ : १३ बजे

अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौं– संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नेटोसँग क्रुद्ध ट्रम्प भन्छन्- ‘बौलाहा राष्ट्र’ विरुद्ध कुनै सहयोग गरेनन्

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटोविरुद्ध

छ महिनामा जे गरियो, त्यो राम्रो गरियो : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन र

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज