सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई ‘अग्नि सुरक्षा’ सम्बन्धी तालिम « Khabarhub

सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई ‘अग्नि सुरक्षा’ सम्बन्धी तालिम


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाको आयोजनामा नेपाली सेनाका पेट्रोल पम्पमा काम गर्ने ३० जना कर्मचारीका लागि अग्नि सुरक्षा सम्बन्धी तालिम प्रदान गरिएको थियो । हिजो र आज गरी २ दिन चलेको तालिमको पहिलो दिन सैद्धान्तिक र दोस्रो दिन प्रयोगात्मक सीप सिकाइएको थियो । 

कार्यक्रममा सहायक रथी किरण के. सी. ले, अग्नि नियन्त्रणमा महानगरपालिकाले हासिल गरेको ज्ञान, सीप र अनुभवबाट नेपाली सेनाले सञ्चालन गरेका पेट्रोल पम्पहरूलाई सम्भावित आगलागीको जोखिमबाट बचाउन मद्दत हुने धारणा राखे । कार्यक्रममा नगर प्रहरी उपरीक्षक विष्णु जोशीले, गैरप्राकृतिक विपत्तिबाट बचाउन मानवीय प्रयासले काम गर्ने बताए । 

तालिमका प्रशिक्षक नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईकाअनुसार अग्नि विज्ञान, घरेलु आगो र प्रतिकार्य, फायर इस्टिङ्ग्वीसरको चिनारी, यसलाई जडान गर्ने तथा प्रयोग गर्ने विधिका विषयमा सैद्धान्तिक ज्ञान दिइएको थियो ।

यस्तै तेलजन्य आगो नियन्त्रणमा व्ल्यांकेटको प्रयोग गर्ने तरिका, एलपी ग्यासमा लागेको आगो निभाउने ७ प्रकारका विधि, मिश्रित खालको आगो निभाउने तरिका, विपदसँग सम्बन्धित प्राविधिक शब्दावलीको प्रयोगात्मक अभ्यास गरिएको थियो । 

आगो सल्किएको माध्यम थाहा पाएपछि मात्र नियन्त्रणमा प्रयोग हुने बस्तु छनोट गर्न सकिने भएकोले आगो के मा लागेको छ, थाहा पाउनु पर्ने भट्टराईको सुझाव छ । आगो सल्किएको बस्तुसँगै आगोको मूल कहाँ हो, पत्ता लगाएर त्यहाँबाट नियन्त्रणको प्रयास थालनी गर्नुपर्ने उनले बताए ।   

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ६ : ४२ बजे

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा