लार्केस्थित निकतातामा झोलुङ्गे पुल निर्माण « Khabarhub

लार्केस्थित निकतातामा झोलुङ्गे पुल निर्माण


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा पर्ने निकतातामा झोलुङ्गे निर्माणपछि स्थानीय खुसी भएका छन् । लार्केगाउँबाट लगभग चार घण्टा हिँडेर पुगिने निकतातामा पुल निर्माणसँगै वर्षौँदेखि भोग्दै आएको दुःख हटेको भन्दै स्थानीय खुसी भएका हुन् ।

स्थानीय बुद्धरानी तामाङले स्थानीयले मात्र नभएर पर्यटकले समेत धेरै समस्या भोग्दै आएकामा झोलुङ्गे पुल निर्माणपछि सहज भएको बताए। 

‘हिउँदको समयमा फड्केलगायत अन्य माध्यमबाट पुल तर्दै आए पनि बर्खायाममा अत्यधिक समस्या हुने गरेको थियो । गाउँपालिकाले पुल बनाइदिएपछि ज्यान जोखिममा राखेर खोला तर्ने गरेका स्थानीय निकै खुसी छौँ’, उनले भने । 

नवनिर्मित झोलुङ्गे पुलको मङ्गलबार उद्घाटन गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले स्थानीयको माग र आवश्यकतालाई सम्बोधन गर्दै गाउँपालिकाको रु ६० लाख बजेटमा पुल निर्माण भएको जानकारी दिए । 

उहाँले पाँचपोखरी थाङपाल पर्यटकीय गाउँपालिका भएकाले पर्यटन पदमार्गका रूपमा रहेको लार्के निकताता हुँदै ड्राइगन गुफा, नौ ताल, आमायाङी र पाँचपोखरी पुग्न अब पर्यटकलाई सहज भएको बताए। 

गाउँपालिकाको ६० लाख र स्थानीयको जनश्रमदानबाट बनेको एक सय १३ मिटर झोलुङ्गे पुलको निर्माणले  पर्यटन आवागमनमा सहज हुने र स्थानीयको आर्थिक वृद्धि हुने अपेक्षा गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले बताए।

 उनले अब घरबासको विकास गर्दै पर्यटकलाई सहज वातावरण  सिर्जना गर्ने उद्देश्य रहेको बताए । उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपप्रमुख सुनिता अधिकारी, वडाका जनप्रतिनिधिलगायत स्थानीयको उपस्थिति थियो ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  १२ : ३२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह