कोशीमा एक सय ७७ मानवअधिकार उल्लंघनका घटना | Khabarhub Khabarhub

कोशीमा एक सय ७७ मानवअधिकार उल्लंघनका घटना


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मोरङ– राष्ट्रिय मानवअधिकार आयोगले कोशी प्रदेशमा मानवअधिकार उल्लंघनका घटनामा गरिएका अधिकांश सिफारिस कार्यान्वयन नभएका जनाएको छ ।  

आयोगको कार्यालय हरिहर भवन काठमाडौंद्वारा आज विराटनगरमा आयोजित ‘आयोगबाट भएका सिफारिसको कार्यान्वयनसम्बन्धी  छलफल’ मा आर्थिक वर्ष २०८० को असार मसान्तसम्म प्रदेशमा ७२ प्रतिशत मानवअधिकार उल्लङ्घनका घटनाका सिफारिस  कार्यान्वयन नभएको बताइएको छ ।

प्रदेशमा एक सय ७७ मानवअधिकार उल्लंघनका घटना भएकामा तिमध्ये १७ पूर्ण, ४९ आंशिक र एक सय ११ वटा  कार्यान्वयन नभएको जानकारी दिइयो । प्रदेशका १४ जिल्लामध्ये मोरङ जिल्लामा सबैभन्दा बढी २७ वटा उल्लंघनका घटनाका सिफारिस कार्यान्वयन नभएको आयोगद्वारा जारी तथ्यांकमा उल्लेख छ । 

त्यसअवसरमा आयोगका सदस्य मनोज दुवाडीले सरकारले कानुनी शासनलाई जनतामा प्रत्याभूति गराउन कानुनको व्यवहारिक कार्यान्वयन जरूरी रहेको बताए । जनताले राखेको विश्वास पूरा गर्ने प्रतिवद्धतासहित आयोग मानवअधिकार रक्षाका लागि क्रियाशील रहेको उनको भनाइ थियो । 

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले प्रदेशमा जनताको मानवाधिकार संरक्षणका लागि आयोगसँग समन्वय र सहकार्य गरी अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताए । 

जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा र नेपाल पत्रकार महासंघ प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुंगानाले हिंसारहित समाज निर्माणमा सबै लाग्नुपर्ने सुझाव दिए। 

आयोगका अनुसन्धान अधिकृत श्यामबाबु काफ्लेले आयोगको सिफारिस कार्यान्वयनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रममा द्वन्द्वपीडित परिवारका सदस्य, विभिन्न मानवअधिकारका क्षेत्रमा क्रियाशील संघ संगठन, सुरक्षा निकाय, प्रदेश सरकारका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ५ : २९ बजे

तुइन खोलामा पहिरो झर्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध

काठमाडौं – तुइन खोला नजिक पहिरो झर्दा मुग्लिन नारायणगढ सडक

रास्वपाले वृहत राजनीति संवाद गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वृहत राजनीति संवाद गर्ने भएको

निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

भद्रपुर– मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा चार करोड २०

भारतको महिला टिम एक दिवसीय विश्वकपको फाइनलमा : जेमिमाको शतक

काठमाडौं – अस्ट्रेलियालाई हराउँदै भारतको महिला टिम एकदिवसीय विश्वकपको फाइनल

‘स्टोरकिपर’ हाँस्दा रोएको सुशासन !

अघिल्लो सरकारको पालामा देशको विशिष्ट पदका व्यक्तिको विषयमा लेखिएको पुस्तकको