सातामा २२ अङ्कले घट्यो नेप्से, ५८ अर्बको शेयर कारोबार | Khabarhub Khabarhub

अर्थ

सातामा २२ अङ्कले घट्यो नेप्से, ५८ अर्बको शेयर कारोबार


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो साता अर्थात्‌ भदौ १६ देखि भदौ २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.२१ अङ्कले घटेको छ । सातामा ५ दिन शेयर कारोबार हुँदा समग्रमा नेप्से दोहोरो अङ्कले घटेको हो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार २७४९.५७ बिन्दुमा रहेको नेप्से परिसूचक यो साता २७२७.३८ बिन्दुमा झर्‍यो । दैनिक औषत ४.४४२ अङ्कले नेप्से घटेको हो ।

पाँच दिन अवधिमा ५८ अर्ब ९८ करोड २२ लाख ५५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सातामा समग्रमा औषत दैनिक ११ अर्ब ७९ करोड ६४ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

साताभर ११ करोड ३४ लाख ७२ हजार ६४२ कित्ता शेयर किनबेच भएको छ । दैनिक औषत २ करोड २६ लाख ९४ हजार ५२८ कित्ता शेयर किनबेच भएको हो ।

५ दिन अवधिमा ६ लाख ७२ हजार ६३५ पटक अर्थात्‌ दैनिक औषत १ लाख ३४ हजार ५२७ पटक शेयर किनबेच भएको छ ।

वाणिज्य बैङ्क समूह ३७ अङ्कले घट्यो

वाणिज्य बैङ्क समूह यो साता ३७.८२ अङ्कले घटेको छ । अघिल्लो साताको बिहीबार १५५९.७६ बिन्दुमा रहेको वाणिज्य बैङ्कको सूचाङ्क यो साता ३७ अङ्कले घटेर १५२३.९४ बिन्दुमा पुगेको हो ।

उक्त समूह औषत दैनिक ७.१६४ अङ्कले घटेको छ । ५ दिनमा यो समूहको ५ अर्ब ७५ करोड २६ लाख २५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जसमा दैनिक औषत १ अर्ब १५ करोड ५ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ ।

५ दिनमा वाणिज्य बैङ्क समूहको १ करोड ८७ लाख ६ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा दैनिक औषत ३७ लाख ४१ हजार ३६६ कित्ता शेयर कारोबार भएको छ ।

यो साता उक्त समूहको शेयर ७७ हजार ६ पटक किनबेच भएको छ भने दैनिक औषत १५ हजार ४०१ पटक शेयर किनबेच भएको छ ।

होटल एण्ड टुरिजममा भारी गिरावट

यो साता होटल एण्ड टुरिजम समूहको शेयर मूल्यमा पनि भारी गिरावट आएको छ । अघिल्लो साताको बिहीबार ७ हजार १५५.६८ बिन्दुमा रहेको होटल एण्ड टुरिजम समूहको सूचाङ्क यो साताको बिहीबारसम्म आउँदा ६ हजार ९९५.६० बिन्दुमा झरेको छ ।

उक्त समूह सातामा १६०.०८ अङ्कले घटेको हो । सातामा ५ दिन शेयर कारोबार हुँदा होटल एण्ड टुरिजम समूह दैनिक औषत ३२.०१६ अङ्कले घटेको हो ।

५ दिनमा १ अर्ब ५२ करोड १ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औषत ३० करोड ४० लाख बरबरको कारोबार भएको छ ।

उक्त समूहको ५ दिनमा १६ लाख ७७ हजार ६४० कित्ता शेयर कारोबार हुँदा दैनिक औषत ३ लाख ३५ हजार ५२८ कित्ता शेयर किनबेच भएको छ ।

होटल एण्ड टुरिजम समूहको सातामा ११ हजार ६६४ पटक शेयर किनबेच भएको छ । दैनिक औषत २ हजार ३३२ पटक शेयर किनबेच भएको छ ।

अन्य समूहमा २ अर्बको कारोबार

यो साता अन्य समूहमा २ अर्ब ५८ करोड ४८ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सातामा ५ दिन शेयर कारोबार हुँदा दैनिक औषत ५१ करोड ६९ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

अन्य समूहको सूचाङ्क ५ दिनमा २१.७९ अङ्कले घटेको छ । दैनिक औषत ४.३५८ अङ्कले घटेको हो । यो साता अन्य समूहको २९ लाख ८५ हजार ८११ कित्ता शेयर कारोबार हुँदा दैनिक औषत ५ लाख ९७ हजार १६२ कित्ता कारोबार भएको छ ।

उक्त समूहको शेयर ५ दिन अवधिमा ३० हजार ४८९ पटक किनबेच भएको छ भने दैनिक औषत ६ हजार ९७ पटक किनबेच भएको छ ।

हाइड्रो समूहको ४ करोड बढी कित्ता कारोबार

यो साता हइड्रोपावर समूहको ४ करोड ७२ लाख ९६ हजार ९३ कित्ता शेयर कारोबार भएको छ । हइड्रो समूहको दैनिक औषत ९४ लाख ५९ हजार २१८ कित्ता शेयर कारोबार भएको छ ।

उक्त समूह सातामा ८१.१७ अङ्कले घटेको छ भने दैनिक औषत १६.२३४ अङ्कले घटेको छ । हइड्रो सूचाङ्क अघिल्लो साताको बिहीबार ३ हजार ४१९.३४ बिन्दुमा थियो भने यो साताको बिहीबारसम्म आउँदा घटेर ३ हजार ३३८.१७ बिन्दुमा पुगेको छ ।

यो साता उक्त समूहको १७ अर्ब ५ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ भने दैनिक औषत ३ अर्ब ४१ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ ।

उक्त समूहको ५ दिन अवधिमा २ लाख ३७ हजार ७२५ पटक शेयर किनबेच भएको छ भने दैनिक औषत ४७ हजार ५४५ पटक शेयर किनबेच भएको छ ।

विकास बैङ्क समूह १०१ अङ्कले बढ्यो

यो साता विकास बैङ्क समूह १०१.९८ अङ्कले बढेको छ । ५ दिनमा शेयर कारोबार हुँदा दैनिक औषत २०.३९६ अङ्कले उक्त समूह बढेको छ ।

५ दिनमा उक्त समूहको ५ अर्ब ७२ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । दैनिक औषत १ अर्ब १४ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ ।

५ दिन शेयर कारोबार हुँदा १ करोड ४ लाख ५८ हजार ८५८ कित्ता शेयर कारोबार भएको छ भने दैनिक औषत २० लाख ९१ हजार ७७१ कित्ता शेयर किनबेच भएको छ ।

विकास बैङ्क समूहको ५ दिनमा ४७ हजार ७६९ पटक शेयर किनबेच हुँदा दैनिक औषत ९ हजार ५५३ पटक शेयर किनबेच भएको छ ।

उत्पादन समूह ११५ अङ्कले घट्यो

५ दिन अवधिमा उत्पादन तथा प्रशोधन समूह ११५.९६ अङ्कले घटेको छ । अघिल्लो साताको बिहीबार ७ हजार २९५.८३ बिन्दुमा रहेको उत्पादन समूह यो साताको बिहीबारसम्म आउँदा ७ हजार १७९.८७ बिन्दुमा पुगेको छ । उक्त समूह दैनिक औषत २३.१९२ अङ्कले घटेको हो ।

५ दिनमा उक्त समूहको १ अर्ब ८९ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने दैनिक औषत ३७ करोड ९४ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त समूहको २६ लाख ३६ हजार ११४ कित्ता शेयर कारोबार भएको छ । जसमा दैनिक औषत ५ लाख २७ हजार २२२ कित्ता कारोबार भएको छ ।

५ दिनमा उत्पादन समूहको २८ हजार ८५१ पटक शेयर किनबेच हुँदा दैनिक औषत ५ हजार ७७० पटक किनबेच भएको छ ।

निर्जीवन बीमा समूहमा उछाल

यो साता निर्जीवन बीमा समूहमा उछाल आएको छ । उक्त समूहमा ५ दिन अवधिमा ६५९.४५ अङ्कले बढेर उछाल आएको हो । निर्जीवन बीमा समूह दैनिक औषत १३१.८९ अङ्कले बढेको छ ।

उक्त समूहको ५ दिन अवधिमा ४ अर्ब १० करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दैनिक औषत ८२ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त समूहको ४२ लाख ९६ हजार ८६० कित्ता शेयर ५ दिनमा कारोबार भएको छ भने दैनिक औषत ८ लाख ५९ हजार ३७२ कित्ता शेयर कारोबार भएको छ ।

निर्जीवन बीमा समूहको शेयर ५ दिनमा २७ हजार ७७५ पटक किनबेच हुँदा दैनिक औषत ५ हजार ५५५ पटक किनबेच भएको छ ।

फाइनान्स समूह ११६ अङ्कले घट्यो

यो साता फाइनान्स समूह ११६.०८ अङ्कले घटेको छ । ५ दिन शेयर कारोबार हुँदा दैनिक औषत २३.२१६ अङ्कले घटेको छ ।

फाइनान्स समूह ५ दिनमा ७ अर्ब ६५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा दैनिक औषत १ अर्ब ५३ कारेड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ दिनमा उक्त समूहको ८५ लाख ७६ हजार ८८८ कित्ता शेयर कारोबार हुँदा दैनिक औषत १७ लाख १५ हजार ३७७ कित्ता शेयर कारोबार भएको छ ।

उक्त समूहको शेयर ५ दिनमा ६३ हजार ५४५ पटक किनबेच भएको छ भने दैनिक औषत १२ हजार ७०९ पटक किनबेच भएको छ ।

ट्रेडिङ समूह १२ अङ्कले घट्यो

भदौको तेस्रो सातामा ट्रेडिङ समूह १२.६५ अङ्कले घटेको छ । ५ दिन शेयर किनबेच हुँदा दैनिक औषत २.५३२ अङ्कले ट्रेडिङ समूह घटेको छ ।

उक्त समूहको ५ दिनमा १२ करोड ७९ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने दैनिक औषत २ करोड ५५ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ दिनमा २१ हजार १५० कित्ता शेयर कारोबार हुँदा दैनिक ४ हजार २३० कित्ता शेयर कारोबार भएको छ । सातामा ट्रेडिङ समूहको ७३० पटक शेयर कारोबार हुँदा दैनिक औषत १४६ पटक शेयर कारोबार भएको छ ।

१०५ अङ्कले बढ्यो लघुवित्त समूह

यो साता लघुवित्त समूह १०५.१६ अङ्कले बढेको छ । ५ दिन कारोबार हुँदा दैनिक औषत २१.०३२ अङ्कले लघुवित्त समूह बढेको छ ।

उक्त समूहको ४ अर्ब ३७ कारेड ८१ लाख रुपैयाँ बराबरको कारोर भएको छ भने दैनिक औषत ८७ करोड ५६ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त समूहको ५ दिनमा ३६ लाख ६३ हजार १३७ कित्ता शेयर किनबेच भएको छ भने दैनिक औषत ७ लाख ३२ हजार ६७७ कित्ता शेयर किनबेच भएको छ ।

उक्त समूहको ५ दिनमा ४९ हजार ३०५ पटक शेयर किनबेच भएको छ । दैनिक औषत ९ हजार ८६१ पटक शेयर किनबेच भएको छ ।

११० अङ्कले बढ्यो जीवन बीमा समूह

यो साता जीवन बीमा समूहमा उछाल आएको छ । सातामा उक्त समूह ११०.५८ अङ्कले बढेको छ । ५ दिन शेयर कारोबार हुँदा दैनिक औषत २२.११६ अङ्कले उक्त समूह बढेको छ ।

उक्त समूहको ५ दिन अवधिमा ४ अर्ब २२ करोड १४ लाख रुपैयाँ बराबरको करोबार भएको छ । जसमा दैनिक औषत ८४ करोड ४२ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

जीवन बीमा समूहको ५ दिनमा ६३ लाख ५७ हजार १५१ कित्ता शेयर किनबेच हुँदा दैनिक औषत १२ लाख ७१ हजार ४३० कित्ता शेयर किनबेच भएको छ ।

उक्त समूहको शेयर सातामा ५९ हजार ४०४ पटक किनबेच हुँदा दैनिक औषत ११ हजार ८८० पटक किनबेच भएको छ ।

झिनो अङ्कले घट्यो म्युचुअल फण्ड

यो साता म्युचुअल फण्ड समूह झिनो अङ्कले घटेको छ । ५ दिन अवधिमा ०.०७ अङ्कले घटेको छ भने दैनिक औषत ०.०१४ अङ्कले घटेको छ ।

उक्त समूहको १९ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औषत ३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त समूहको ५ दिनमा १ करोड ८९ लाख ४१ हजार ४८५ कित्ता शेयर कारोबार हुँदा दैनिक औषत ३७ लाख ८८ हजार २८९ कित्ता शेयर किनबेच भएको छ ।

१ अङ्कले घट्यो लगानी समूह

यो साता लगानी समूह १.४४ अङ्कले घटेको छ । ५ दिनमा १ अङ्कले घट्दा दैनिक औषत ०.२८८ अङ्कले घटेको छ ।

उक्त समूहको ५ दिनमा ३ अर्ब ९६ कारोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा दैनिक औषत ७९ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

लगानी समूहको सातामा ६७ लाख ९६ हजार १०६ कित्ता शेयर किनबेच हुँदा दैनिक औषत १३ लाख ५९ हजार २२१ कित्ता शेयर किनबेच भएको छ ।

उक्त समूहको शेयर ५ दिनमा ३८ हजार ३७२ पटक किनबेच भएको छ भने दैनिक औषतमा ७ हजार ६७४ पटक किनबेच भएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ६ : २६ बजे

ट्रम्प जिताउन सक्रिय केनेडी हेल्थ सेक्रेटरी बन्दा गाबार्ड बनिन् गुप्तचर निर्देशक

न्युयोर्क – भ्याक्सिनमा विश्वास नगर्ने रोबर्ट एफ केनेडी जुनियरलाई डोनाल्ड

छाला नपाउँदा मादल बनाउन समस्या, पुर्ख्यौली पेसा संकटमा

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक

दार्चुलामा जिप दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु  

दार्चुला – दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको

‘नेतृत्व सचेत नभए अब सिस्टमबाहिरबाट नेतृत्व आउँछ’

हुन त अहिले हामीसँग संविधान छ, सरकार छ । हामी

कोदोखेतीले धानेको खोरियागाउँ

सिरहा– मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ