नवलपुरमा १९ हजार बालबालिकालाई खोप लगाइने « Khabarhub

नवलपुरमा १९ हजार बालबालिकालाई खोप लगाइने


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा १९ हजार पाँच सय २९ बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने भएको छ ।

यही जेठ १३ देखि २५ गतेसम्म दुई चरणमा जिल्लाका आठ पालिकामा खोप लगाइने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्रकुमार सिंहले बताए ।

‘पहिलो चरण जेठ १३ देखि १९ गतेसम्म गैँडाकोट नगरपालिका, बुलिङटार र बौदीकाली गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ’, उनले भने, ‘दोस्रो चरणमा जेठ २० देखि २५ गतेसम्ममा कावासोती, मध्यबिन्दु र देवचुली नगरपालिका, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा खोप लगाइनेछ ।’

कुनै पनि बालबालिका आइपिभी खोपबाट बञ्चित नहोउन् भन्ने उद्देश्यसहित जिल्लामा तीन सय ९१ खोप केन्द्र निर्धारण गरी चार सय ९४ जनशक्ति परिचालन गरिएको स्रोत व्यक्ति खरेलप्रसाद चौधरीले बताए । ‘खोप अभियान सफल बनाउन नौ सय ६६ स्वयंसेवक परिचालन गरिनेछ’, उनले भने, ‘जिल्लाका चार सय ३२ विद्यालयलाई आधार मानेर खोप अभियान सञ्चालन गरिनेछ ।’

जिल्लाका आठवटै स्थानीय तहमध्ये गैँडाकोट नगरपालिकामा चार हजार तीन सय ३१, कावासोती नगरपालिकामा चार हजार आठ सय ५३, देवचुली नगरपालिकामा तीन हजार तीन ९८, मध्यबिन्दु नगरपालिकामा दुई हजार आठ ९८, विनयी त्रिवेणी गाउँपालिकामा दुई हजार ७३, हुप्सेकोट गाउँपालिकामा एक हजार एक सय १३, बौदीकाली गाउँपालिकामा चार सय ५८ र बुलिङटार गाउँपालिकामा चार सय ३४ गरी १९ हजार पाँच सय २९ जनालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने चौधरीले जानकारी दिए ।

यो अभियानमा विसं २०७३ वैशाख १ देखि विसं २०७५ असोज मसान्तसम्म जन्मिएका बालबालिकालाई खोप लगाइने भएको छ । सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए ।

सो अवधिमा खोपबाट वञ्चित बालबालिकालाई पोलियोको जोखिम रहिरहने भएकाले छुटेका बालबालिकालाई लक्षित गरी खोप लगाउने अभियान थालिएको कार्यालयले जनाएको छ ।

खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लास्थित पालिका, अस्पताल, स्वास्थ्य चौकीसँग आवश्यक समन्वय गरिसकिएको र सबै तयारी पूरा भएको चौधरीले जानकारी दिए ।

विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप अभियान सञ्चालन गर्न थालिएको हो । नेपालमा मात्र यस वर्ष १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई आइपिभी खोप लगाउने लक्ष राखिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ३ : २१ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल