सुरक्षण मुद्रण भ्रष्टाचारमा दोषी ठहर उपसचिव पोखरेलद्वारा ‘आत्महत्या’ « Khabarhub

सुरक्षण मुद्रण भ्रष्टाचारमा दोषी ठहर उपसचिव पोखरेलद्वारा ‘आत्महत्या’


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको दुई दिनपछि नेपाल सरकारका एकजना उपसचिव झुन्डिएको अवस्थामा भेटिएका छन् ।

विशेष अदालतले बुधबार क्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलसँगै भ्रष्टाचारी ठहर गरेका उपसचिव नवीनकुमार पोखरेल भक्तपुरको लोकन्थलीस्थित घरैमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

प्रहरी बृत्त ठिमीका डीएसपी प्रेमसागर केसीले खबरहबसँग कुरा गर्दै हाल वन तथा वातावरण मन्त्रालयमा कार्यरत उपसचिव पोखरेल झुन्डिएको अवस्थामा बिहीबार बिहान ९ बजे घरमै भेटिएको पुष्टि गरे ।

‘वन तथा वातावरण मन्त्रालयमा उपसचिव नवीनकुमार पोखरेल लोकन्थलीको महोनराफाँटस्थित घरमै झुन्डिएको अवस्थामा भेटिनु भएको छ’, उनले भने, ‘पोस्टमार्टम भइसकेको छ । घटनास्थलको जाँच प्रकृति मुच्ल्का गर्दा उहाँले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष आएको छ ।’

सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी प्रकरणमा दोषी ठहर भएका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पोखरेललाई मंगलबार विशेष अदालतले भ्रष्टाचारी ठहरसहित ६ महिना जेल सजाय सुनाएको थियो ।

विशेष अदालतले ६ महिना कैदसँगै उनीबाट ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र त्यस बराबरको बिगो असुलउपर गर्नुपर्ने फैसला सुनाएको थियो ।

यस प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई पनि भ्रष्टाचारी ठहर गर्दै विशेष अदालतले २ वर्ष कैद र २५ करोड ४७ लाख विगो असुल गर्नुपर्ने फैसला सुनाएको थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेल र पोखरेलसहित दोषी ठहर गर्दै बिगो बराबर जरिवाना हुने फैसला गरेकाे थियो ।

कहाँ कार्यरत थिए ?
पछिल्लो पटक उनी वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए ।

सुरक्षा मुद्रण प्रकरणमा भ्रष्टाचार मुद्दा चलेसँगै उनी स्वत: निलम्बन भएर सामान्य प्रशासनको जगेडामा राखिएका थिए ।

‘वन तथा वातावरण मन्त्रालयमा कार्यरत हुँदा हुँदै उहाँविरुद्ध भ्रष्टाचार मुद्दा चलेको हो । त्यसपछि स्वत: निलम्बन भएर उहाँ सामान्य प्रशासनको अतिरिक्त समूहमा राखिनु भएको थियो । उहाँको स्थानमा अर्का उसचिव आइसक्नु भएको थियो’, मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाले भने, ‘विशेष अदालतले फैसला सुनाएको थाहा पाएका थियौँ । हिजै मात्रै उहाँबारे दु:खद् खबर सुनेका छौँ ।’

ढुंगानाले पोखरेल अर्कै मन्त्रालयमा हुँदा उक्त भ्रष्टाचार मुद्दा चलेको पनि जानकारी दिए ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ४ : १९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक