सत्ता पक्ष ‘सहकारीबन्धु’ गठबन्धनको रूपमा देखियो : महामन्त्री शर्मा  « Khabarhub

सत्ता पक्ष ‘सहकारीबन्धु’ गठबन्धनको रूपमा देखियो : महामन्त्री शर्मा 


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनलाई ‘सहकारीबन्धु’ गठबन्धनको संज्ञा नै दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले एमाले सहकारीमा साथ दिने र रास्वपा गिरीबन्धुमा साथ दिने गरी ‘सहकारीबन्धु’ गठबन्धन बनेको टिप्पणी गरेका हुन् ।

उनले भने- ‘केपी ओलीले केही दिनअगाडि कांग्रेसलाई अब बोल्न दिइने छैन । कांग्रेसले धेरै बकवास गर्‍यो भन्नु भएको थियो । यो सहकारीबन्धु गठबन्धनको शैली ठिक देखिएन, यहाँ सहकारी प्रकरणमा नेकपा एमालेले साथ दिने र गिरिबन्धु चिया बगानमा रास्वपाले साथ दिने । त्यसैले उहाँहरू सहकारीबन्धु गठबन्धनका रूपमा देखिनुभएको छ ।’

उनले आजको बैठकमा सभामुखले प्रतिपक्षलाई बोल्न नदिएको आरोप समेत लगाए । उनले आज आफू बोल्ने सहमति भएको भए पनि सभामुखले बोल्न नदिएको बताए ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ४ : ५२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक