प्रहरी हिरासतमा रहेका सिरोहिया अस्वस्थ, अस्पताल भर्ना « Khabarhub

प्रहरी हिरासतमा रहेका सिरोहिया अस्वस्थ, अस्पताल भर्ना


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– नागरिकता सम्बन्धी कसुरमा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।

चार दिनदेखि हिरासतमा रहेका सिरोहियालाई उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखेपछि अस्पताल भर्ना गरिएको हो ।

उनलाई सुरुमा जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएकोमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सारिएको छ ।

छाती तथा मुटुमा कठिनाइ, रिंगटा लाग्ने, टाउको दुख्ने समस्या बढेपछि परिवारले सिरोहियालाई अस्पताल पठाउन आग्रह गरेका थिए ।

सिरोहियालाई पहिलेदेखि नै मधुमेह, उच्च रक्तचापलगायतको समस्या रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सिरोहिया गत मंगलबार काठमाडौँको थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको कार्यकक्षबाट पक्राउ परेका थिए ।

 

 

 

 

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ९ : ३५ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको