आईपिएलको फाइनलमा आज कोलकाता र हैदरावादको भिडन्त « Khabarhub

आईपिएलको फाइनलमा आज कोलकाता र हैदरावादको भिडन्त


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ।

पहिलो क्वालिफायरमा कोलकातासँग ८ विकेटले पराजित भएको हैदरावाद दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै फाइनल पुगेको हो।

हैदरावाद र कोलकाताको हेड टु हेड अहिलेसम्म कोलकाता अगाडि छ। पाँच प्रतिस्पर्धामा हैदरावादले एउटा मात्र जित निकालेको छ। आईपिएलको यो सिजनमा भएका दुई भेटमा कोलकाता विजयी भएको छ। समूह चरणको पहिलो भेटमा ४ रनले विजयी भएको कोलकाता पहिलो क्वालिफायरमा ८ विकेटले विजयी भएको हो।

यसअघि २०२३ मा भएको एक भेटमा कोलकाता ५ रनले विजयी भएको थियो भने एक खेलमा हैदरावाद २३ रनले विजयी भएको छ।

२०२२ मा भएको एक प्रतिस्पर्धामा कोलकाता ५४ रनले विजयी भएको थियो। कोलकाता र हैदराबिच हुने यो सिजनको फाइनल प्रतिस्पर्धा आइतबार साँझ ७: ४५ बजे चेन्नईमा सुरु हुनेछ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ६ : १० बजे

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको