प्रतिनिधिसभा बैठक सुरु, नाराबाजीमा उत्रियो प्रमुख प्रतिपक्षी « Khabarhub

प्रतिनिधिसभा बैठक सुरु, नाराबाजीमा उत्रियो प्रमुख प्रतिपक्षी


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँबानेश्वरमा सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नाराबाजीमा उत्रिएको छ ।

कांग्रेस सांसदहरूले वेल घेराउ गर्दै सहकारी ठगलाई कारबाही गरसहितका नाराबाजी गरेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८१ साल जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८१–८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूची छ । त्यसपछि प्रधानमन्त्रीले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ । अहिले अर्थमन्त्री वर्षमान पुन नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि राजस्व र व्यय पेस गर्नुअघि आर्थिक सर्वेक्षण पेश गरेका छन् । 

त्यसपछि सभामुखले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  १२ : १६ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा