प्रतिनिधिसभा बैठक सुरु, नाराबाजीमा उत्रियो प्रमुख प्रतिपक्षी « Khabarhub

प्रतिनिधिसभा बैठक सुरु, नाराबाजीमा उत्रियो प्रमुख प्रतिपक्षी


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँबानेश्वरमा सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नाराबाजीमा उत्रिएको छ ।

कांग्रेस सांसदहरूले वेल घेराउ गर्दै सहकारी ठगलाई कारबाही गरसहितका नाराबाजी गरेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८१ साल जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८१–८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूची छ । त्यसपछि प्रधानमन्त्रीले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ । अहिले अर्थमन्त्री वर्षमान पुन नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि राजस्व र व्यय पेस गर्नुअघि आर्थिक सर्वेक्षण पेश गरेका छन् । 

त्यसपछि सभामुखले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  १२ : १६ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका