आगामी बजेट भाषण पर्सी दिउँसो १ बजे, कांग्रेसको अवरोधबीच संसद्‌बाटै ल्याइने « Khabarhub

आगामी बजेट भाषण पर्सी दिउँसो १ बजे, कांग्रेसको अवरोधबीच संसद्‌बाटै ल्याइने


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नीति तथा कार्यक्रम पारित भएसँगै सरकारले आगामी आर्थिक वर्षको बजेट संसद्‌बाटै ल्याउने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले पर्सी (जेठ १५ गते मंगलबार) दिउँसो १ बजे संसद्‌को संयुक्त सदनमा बजेट भाषण गर्ने भएका हुन्‌ ।

सभामुख देवराज घिमिरेले बजेट भाषण हुने दिन पर्सी सांसद्‌हरूलाई मध्याह्न १२ः४५ मै संसद्‌ बैठकमा उपस्थित हुन निर्देश गरिसकेका छन्‌ ।

अघिल्ला आर्थिक वर्षमा सामान्यतयाः दिउँसो ३ बजे पछाडिमात्रै बजेट वक्तव्य वाचन शुरू हुने गर्थ्यो । यसपटक भने सदनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध जारी राखेकाले त्यसलाई झेलेरै बजेट ल्याउन मध्याह्नमै संसद्‌ बैठक डाकिएको हो ।

आज बसेको प्रतिनिधि सभा बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिसकेको छ । अर्थमन्त्री पुनले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पनि प्रस्तुत गरेका छन्‌ । जेठ १५ मा पनि प्रतिपक्षी कांग्रेसले संसद्‌ अवरोध गरे सरकारले पेलेरै बजेट पेश गर्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले ठूलो आकारको बजेट ल्याउन दबाब दिएका कारण अर्थ मन्त्रालयले १८ खर्ब रुपैयाँ माथिका विभिन्न विकल्पमाथि गृहकार्य गरिरहेको छ ।

चालु वर्षको आर्थिक वृद्धिदर ३.९ प्रतिशत, कस्ता छन् अन्य सूचक ?

ठूलो आकारको बजेट ल्याउने चक्करमा प्रधानमन्त्री, वित्तीय अनुशासन धरापमा

बजेट तर्जुमा प्रक्रियामै प्रधानमन्त्रीको हस्तक्षेप, अप्ठेरोमा अर्थमन्त्री

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ३ : २९ बजे

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा

मेयरमा पराजितलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको जिम्मा दिएकोमा प्राध्यापकको आपत्ति 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा काठमाडौंको मेयरमा पराजित किशोर

सातामा ३.८९ अंकले बढ्यो नेप्से, दैनिक कारोबार ४ अर्ब पुग्न सकेन

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार बनेदेखि तर्सिएको सेयर बजार

बजेट प्राथमिकताका आधारमा विनियोजन गर्नुपर्ने

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकारले बजेट विनियोजन गर्दा अध्ययन गरेर प्राथमिकताका

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा