जनकपुरधाममा सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान जफत « Khabarhub

जनकपुरधाममा सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान जफत


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी धनुषाले २३ लाख मूल्य बराबरको काजु तथा किसमिस नियन्त्रणमा लिएर भन्सार कार्यालय जनकपुरमा आज बुझाएको छ ।

गएराति भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको २३ लाख मूल्य बराबरको काजु र किसमिस जनकपुरधाम उपमहानगरपालिका–१ स्थित सीता चोकबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्राप्त जानकारीअनुसार २१ क्विन्टल काजु तथा पाँच क्विन्टल ४० किलो किसमिस लोड गरिएको ट्रकसमेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । नियन्त्रणमा लिइएको सो काजु तथा किसमिस बजार मूल्यअनुसार २३ लाख मूल्य बराबरको रहेको छ ।

भारतबाट अवैधरुपमा उपरोक्त खाने सामान नेपाल ल्याइएको विशेष सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल  नं ८ गण धनुषा मातहतको सुरक्षा वेश जनकपुरबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक उमेश कार्कीको टोलीले नियन्त्रणमा लिएको थियो । 

उक्त टोलीले काजु र किसमिससहित मधेस प्रदेश ०४–००१नंको ट्रकसमेत नियन्त्रणमा लिएको थियो । बरामद गरिएको ट्रकसहित उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ । 

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  २ : १९ बजे

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा

समझौता नजिक पुगे अमेरिका-इरान, ६० दिनको युद्धविराम तयारी

तेहरान- अमेरिका र इरानबीच ठूलो समझौता हुने सम्भावना देखिएको छ।