आमाको स्वास्थ्य राष्ट्रको स्वास्थ्य हो : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

आमाको स्वास्थ्य राष्ट्रको स्वास्थ्य हो : पूर्वराष्ट्रपति भण्डारी


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आमाको स्वास्थ्य राम्रो भए मात्रै राष्ट्र पनि स्वास्थ्य रहने बताएकी छन् । 

एमालेको पहिलो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै महिलाको स्वास्थ्य राम्रो भएन भने राष्ट्रले दुख पाउने उल्लेख गरिन् । 

उनले भनिन, ‘आमाको स्वास्थ्य राष्ट्रको  स्वास्थ्य हो । जनस्वास्थ्यको समस्या छ ।’ 

यस्तै उनले प्राकृतिक स्रोतको पनि व्यवस्थापन गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘पवित्र नदिको पानी पिउन र सिँचाइ गर्न पाउनुपर्छ यसबारे कुरा उठाउनुहोस् म साथ दिन्छु’ । 

उनले महिलाका समग्र क्षेत्रमा न्यायका लागि बोल्नुपर्ने र दिगो विकासको लागि पनि महिलाले एजेन्डा बनाउनुपर्ने बताइन् । 

उनले भनिन, ‘महिला अधिकार कार्यनयनमा राष्ट्रिय चुनौती छ । सचेतनाको कार्य गर्दा महिला पुरुष दुवैलाई समेट्नुपर्छ ।  महिला नेताको सहभागी रहेको यो कार्यक्रममा महत्त्वपूर्ण तहमा पुग्न अग्रसर हुनुपर्छ । सामाजिक न्याय सहितको कान्ति अगाडि बढाउनुपर्छ ।’

उनले युवा जनशक्तिको परिचालन गर्नुपर्ने समेत बताइन । कृषिलाई आधुनिकीकरणसँग जोड्नुपर्नेमा जोड दिएकी छन् ।

उनले भनिन्, ‘महिला सम्पूर्ण आकाश हुन । आधा आकाश होइन । बालबालिकालाई भासा संस्कृतिलाई अब्बल बनाउन र विदेश पलायन रोक्न महिलाले काम गर्नुपर्छ । प्रजनन स्वास्थ्यको बारेमा पनि शिक्षा दिनुपर्छ । ‘

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ५ : ३९ बजे

झरीपछि खुलेको काठमाडौं (तस्बिरहरू)

काठमाडौं– चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौं उपत्यकाको मौसम

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली