ऐनापहरामा ‘एक कर्मचारी, एक फूलको बिरुवा’ रोप्ने अभियान « Khabarhub

ऐनापहरामा ‘एक कर्मचारी, एक फूलको बिरुवा’ रोप्ने अभियान


१७ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा गाउँपालिका अन्तर्गतका कर्मचारीको व्यक्तिगत खर्चमा फूलको बिरुवा रोपिने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माको अध्यक्षतामा बुधबार बसेको कर्मचारीको बैठकले ऐनापहरालाई सुन्दर बनाउन एक कर्मचारी एक फूलको बिरुवा रोप्ने निर्णय भएको हो ।

ऐनापहरा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थलका रुपमा विकास भइरहेकाले यसको सौन्दर्य कायम गर्न कर्मचारीको व्यक्तिगत खर्चमा गमलासहितको फूलको बिरुवा रोप्ने निर्णय भएको शर्माले जानकारी दिए ।

त्यसका लागि गाउँपालिकाका कर्मचारीको सहभागितामा ऐनापहरामा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ ।

पृथ्वीराजमार्गको आँबुखैरेनी गाउँपालिका–२ मा अवस्थित उक्त ठाउँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ ।

राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलको रुपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माणको काम जारी छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिएको बताए ।

चुमानका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ । यहाँ दैनिक दुई सयभन्दा बढी पर्यटक घुम्नका लागि आउने गरेका छन् ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माण थालिएको छ ।  उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ११ : ०० बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई