श्रम समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल « Khabarhub

श्रम समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

गोदार– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा सुरु गरिएको बताएका छन्  । 

 जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घमा आयोजित मेलाको आज उद्घाटन गर्दै उनले बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्न स्थानीय उद्योगीलाई आग्रह गरे । 

मन्त्री अर्यालले रोजगारीको खोजीमा मधेसबाट ठूलो सङ्ख्यामा युवा पुस्ता विदेश जानेक्रम नरोकिएकोमा चिन्ता व्यक्त गर्दै कृषिकर्ममा लाग्न उनीहरूलाई लाग्न आग्रह गरे।  

‘स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका चाङका चाङ समस्या आउँछन् । एउटै माध्यमबाट समस्या संकलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो’, उनले भने। 

मन्त्री अर्यालले मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न नसकिए पनि श्रमिक र रोजगारदाताका समस्या, आवश्यकताबारे बुझ्ने र दीर्घकालीनरूपमा श्रम क्षेत्रका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  २ : १९ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५