'राष्ट्रनिर्माणमा दलित' सार्वजनिक | Khabarhub Khabarhub

‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लेखकद्वय त्रिभुवनचन्द्र वाग्ले र किरणचन्द्र वाग्लेद्वारा लिखित ‘राष्ट्रनिर्माणमा दलित’ नामक पुस्तक सार्वजनिक भएको छ । 

 पुस्तकभित्र राष्ट्रनिर्माणमा विभिन्न समयमा योगदान पुर्‍याएका दलित समुदाय अग्रज व्यक्तित्वको जीवनीलाई जीवन्त रुपमा उतारिएको छ ।

ती समुदायका ईश्वर रिजाल, उमालाल विश्वकर्मा, ऋषिबाबु परियार, ओमप्रकाश भिके, ओमप्रकाश रामदाम, कालु सार्की, कृष्ण दर्जी, किसन दुसाध, कृष्ण दर्जी, कृष्णसिंह परियार, खेम नेपाली, गणेशबहादुर परियार, गिरीबहादुर बस्याल, गोल्छे सार्की र घोइरे कामीलगायत १२१  व्यक्तित्वका जीवनीलाई पुस्तकभित्र समेटिएको छ ।   

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, पूर्वमन्त्री जितु गौतम, संविधानसभा सदस्य कमला विश्वकर्मा, पूर्वराजदूत पदम सुन्दास र पूर्वसचिव डा मानबहादुर विकलगायतले यहाँ आज आयोजित कार्यक्रममा  सो पुस्तकको सार्वजनिक गरे ।  

सो अवसरमा आयोगका अध्यक्ष देवराजले दलित समुदायले अझै पनि भोग्दै आएको आर्थिक, सामाजिक र राजनीतिक समस्या समाधान नभएसम्म समृद्ध नेपाल निर्माणको सपना पूरा हुन सक्दैन भने। 

पूर्वमन्त्री जितुले पर्याप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार सुनिश्चित र प्राप्तिको निम्ति दलितसहित सीमान्तकृत समुदाय एकजुट हुनुपर्छ भने । पूर्वराजदूत सुन्दासले दलित समुदायको सीप, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। 

संविधानसभा सदस्य कमलाले दलित समुदायको अधिकारका लागि थप कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गरे । पुस्तकका लेखकद्वय त्रिभुवनचन्द्र र किरणचन्द्रले पुस्तकका बारेमा चर्चा गरेका थिए । 

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ४ : ५९ बजे

प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाउँदै जेन्जी मुभमेन्टले घोषणा गर्‍यो संघर्षको कार्यक्रम

काठमाडौँ- जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक

राष्ट्रपति पौडेलद्वारा कतार राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

काठमाडौं – कतारको राजधानी दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो

गगन थापाको प्रश्नः जेन-जी आन्दोलन हामीविरुद्ध पनि थियो, कांग्रेसले समीक्षा गर्नु पर्दैन?

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले पार्टीको महाधिवेशन तत्काल

जाँचबुझ आयोगसमक्ष आईजीपीले पनि दिए बयान

काठमाडौँ– नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङसँग जेनजी आन्दोलनको घटना छानबिन

बझाङमा ट्याक्टर दुर्घटनाः दुई जनाको मृत्यु, चालकको अवस्था गम्भीर

बझाङ – बझाङको थलारा गाउँपालिका–२ कफलकाँडामा बुधबार राति भएको ट्याक्टर