मिथ्या र भ्रामक सामग्रीलाई समाचारका रूपमा पस्कनु हुँदैन : अध्यक्ष बस्नेत « Khabarhub

मिथ्या र भ्रामक सामग्रीलाई समाचारका रूपमा पस्कनु हुँदैन : अध्यक्ष बस्नेत


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिथ्या र भ्रामक सामग्रीलाई सञ्चारमाध्यमले समाचारका रूपमा पस्कन नहुने बताएका छन् । मिथ्या सामग्रीलाई गोलमटोल रुपमा पस्किँदा आम जनमानसलाई भ्रम परेको र त्यसले सञ्चार माध्यमको विश्वसनीयतामा धक्का लागेका तर्फ सबै सचेत हुनुपर्ने उनको धारणा थियो ।

युट्युब व्यवस्थापनका सन्दर्भमा काउन्सिलले आज यहाँ आयोजना गरेको आचारसंहिता अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले मिथ्या सामग्री पस्केर पत्रकारितालाई नधुमिल्याउन आग्रह गरे।

“माध्यम जुनसुकै होस् तर अहिलेको खाँचो भनेको परिपक्व पत्रकारिताको हो । अरुलाई प्रश्न मात्र उठाउने काम त सबैले गर्न सक्छन्, हामीले विवादरहित, जवाफदेही र जिम्मेवार भएर काम गर्नुपर्छ”, अध्यक्ष बस्नेतले भने । उनले स्वस्थ, मर्यादित र जवाफदेहि पत्रकारिताले मात्रै समाजको हित गर्ने बताए ।

अध्यक्ष बस्नेतले युट्युबमार्फत भइरहेको पत्रकारिता राम्रो भएमा युट्युबकै गरिमा बढ्ने हुँदा पत्रकार आचारसंहिता र मर्यादाको ख्याल गर्न युट्युबरहरूलाई आग्रह गरे । “हाम्रो पेसालाई राम्रो बनाउने दायित्व हाम्रो नै हो, त्यसैले युट्युबमार्फत पत्रकारिता गर्ने हो भने यसको मर्यादामा रहनै पर्छ । मर्यादाभन्दा बाहिर गएपछि त्यो पत्रकारिता हुँदैन”, उनले भने ।

प्रेस काउन्सिल नेपालले युट्युबमार्फत सञ्चारकर्म गरिरहेका तर पत्रकार आचारसंहिताको पालनामा कमजोर देखिएका युट्युब सञ्चालकका लागि अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ । आज भएको चौथो शृङ्खलामा अध्यक्ष बस्नेत, सञ्चार विज्ञ डा भानुभक्त आचार्य र प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले कार्यपत्र प्रस्तुत गरेक थिए ।

त्यसअवसरमा सञ्चारविज्ञ डा आचार्यले पत्रकारिता क्षेत्र विश्वसनीय र परिणाममुखी बनाउन पत्रकारले सत्यतथ्य सामग्री छनोट गरेर समाचार दिनुपर्ने र त्यसमा प्रेस काउन्सिलको सशक्त उपस्थिति रहनुपर्ने बताए ।

युट्युबका माध्यमबाट हुने गरेको पत्रकारिताले सामाजिक उत्तरदायित्व बहन नगरेको भन्दै उनले समाचार दिने बेलामा नै पाठकलाई भ्रम छर्ने, गलत दिशानिर्देश गर्ने र समाजमा अपाच्य हुने विषयलाई काँटछाँट गरेर दिन सक्नुपर्नेमा जोड दिए।

एक सय ३० वर्ष पुरानो छापा माध्यमबाट सुरू भएको पीत पत्रकारिताको अभ्यास अहिले डिजिटल माध्यमबाट भइरहेको भन्दै उहाँले यस्तो पत्रकारिता विश्वका कुनै पनि मुलुकका लागि उपयुक्त नहुने बताए ।

कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत खनालले युट्युब व्यवस्थापनका लागि काउन्सिलले गरेका पहल र त्यसको प्रगतिबारे जानकारी दिएका थिए । कार्यक्रममा ३० जना युट्युब सञ्चालकरसम्पादकको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ९ : ३२ बजे

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत भन्दाको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक

उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन

‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’

देवदह– स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको