नामिबियाले सुरुको दुई बलमा लगातार लियो ओमानको दुई विकेट « Khabarhub

नामिबियाले सुरुको दुई बलमा लगातार लियो ओमानको दुई विकेट


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गतको तेस्रो खेलमा अहिले नामिबिया र ओमानले प्रतिस्पर्धा गर्दैछन्।

नामिबियाले केन्सिङ्टन ओवल, बार्बाडोस मैदानमा टस जितेर सुरुमा फिल्ड रोज्ने निर्णय गरेसँगै ओमानले पहिला ब्याटिङ गर्दैछ।

नामिबियाले सुरुको दुई बलमा ओमानको दुई विकेट लिएको छ।
नामिबियाका रुबेन ट्रम्पलम्यानले ओमानका ओपनर कश्यप प्रजापतिलाई पहिलो बलमा र कप्तान अकिब इलियासलाई दोस्रो बलमा आउट गरेका हुन्।

ट्रम्पलम्यानले नामिबियाका लागि पहिलो ओभरमा दुई विकेट लिएर मात्र तीन रन दिए।

विश्वमा दुई खेल सकिएका छन्। पहिलो खेलमा आइतबार बिहान क्यानडामाथि अमेरिकाले सात विकेटको शानदार जित निकालेको थियो। पहिलो खेलमा टस जितेर सुरुमा फिल्ड रोजेको अमेरिकाले क्यानडाले दिएको १९५ रनको लक्ष्य १७.४ ओभरमा तीन विकेट गुमाएर १९७ रन बनाउँदै भेट्टाएको थियो।

दोस्रो खेलमा आइतबार राति वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी)माथि पाँच विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको छ।

पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको हो।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ६ : ४१ बजे

कांग्रेस महाधिवेशन रोक्ने देउवाको प्रयास असफल, सर्वोच्चले दिएन मागअनुसारको आदेश

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष अधिवेशनबाट निर्वाचित गगनकुमार थापा

युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ

बैङ्कक- मध्यपूर्वमा लामो सैन्य तैनाती पूरा गरेको अमेरिकी विमानवाहक युद्धपोत

रसुवाको बाढीमा नेपालीसहित ४०३ जना बेपत्ता, ३४१ विदेशी पर्यटक परे

काठमाडौं– रसुवामा आएको आकस्मिक बाढीमा परी हालसम्म ४०३ जना नेपाली

रास्वपाले विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई ५० लाख सहयोग गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् प्रतिकार्य तथा राहतका लागि

‘सबै सकियो, जिल्ला नै अन्धकारमय भयो, यहाँको अवस्था सोध्दै नसोध्नुस्’

काठमाडौं- बुधबार बिहान भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवाको गोसाईकुण्ड गाउँपालिकाका