पोर्न उद्योगमा मिया खलिफा चर्चित छिन् । यस्तो पनि भन्ने गरिन्छ कि, मियाले यही उद्योगबाट नै राम्रो कमाइ गरेकी छिन् । तर मियाले भने आफूले यो उद्योगबाट अहिलेसम्म साढे ८ लाख कमाएको बताउँछिन् ।
यो कुरालाई फ्यानले भने पत्याएका छैनन् । जबकि, एक जमानामा सबैभन्दा चर्चामा आउने एडल्ट स्टारका रुपमा मिया नै थिइन् । उनलाई एडल्ट फिल्म खेलेका कारण ज्यान मार्ने धम्की पनि दिइएको थियो ।
एक अन्तर्वार्तामा मियाले भनेकी छिन्, यो उद्योगमा लागेर मैले करोडौँ कमाएँ भन्ने धेरैले सोच्छन् तर त्यो गलत हो ।
उनले ५ वर्ष पहिले एडल्ट इन्डस्ट्री छोड्ने फैसला गरेकी थिइन् । तर उनलाई जागीर पाउन पनि गाह्रो भयो । उनले यो क्षेत्र छोडेपछि लामो समय डराउनुपरेको पनि बताएकी छिन् ।
तर मियालाई यो क्षेत्रमा जानुमा कुनै अफसोच छैन । सामाजिक सञ्जालमा कतिले आरोप लगाएका छन् कि मियाले झूठ बोलेकी छिन् ।
मियाले जम्मा ३ महिना पोर्न फिल्ममा काम गरेकी थिइन् । त्यसपछि उनले यो क्षेत्र छोडिन् । मुस्लिम भएका कारण पोर्न फिल्म खेलेको भन्दै कट्टरपन्थी संगठनले ज्यान मार्ने धम्की दिएको थियो ।
प्रतिक्रिया