टी–२० विश्वकप : श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकाको उत्कृष्ट जित « Khabarhub

टी–२० विश्वकप : श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकाको उत्कृष्ट जित


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ ।

सोमबार राति भएको खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको हो ।

श्रीलंकाले दिएको ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा चार विकेट गुमाएर भेट्टायो । उसका लागि क्वीनटन डी ककले सर्वाधिक २० रन बनाए । त्यस्तै, हेनरिक क्लासनले १९, ट्रिस्टन स्टबसले १३ तथा कप्तान ऐडन मार्क्रमले १२ रन बनाए ।

श्रीलंकाका लागि कप्तान वनिन्दु हसरंगाले दुई विकेट लिए । नुवान तुसारा र दासुन सनाकाले एक एक विकेट लिए ।

त्यसअघि अमेरिकाको न्यू योर्कमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले १९.१ ओभरमा अलआउट हुनुअघि ७७ रन बनाएको थियो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १९ रन बनाए । त्यस्तै, एन्जेलो म्याथ्युजले १६ कामिन्डु मेन्डिसले ११ रन बनाए । श्रीलंकाका अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन ।

दक्षिण अफ्रिकाका एनरिज नोर्टजे एक्लैले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्र सात रन खर्चिए । त्यस्तै केशव महाराज र कागिसो रबाडाले दुईदुई विकेट लिए ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ११ : ४० बजे

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा