भारतीय लोकसभा निर्वाचनको मतगणना आज हुँदै « Khabarhub

भारतीय लोकसभा निर्वाचनको मतगणना आज हुँदै


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको लोकसभा निर्वाचनको मतगणना आज हुँदैछ । मत गणना नेपाली समयअनुसार बिहान सवा ८ बजे सुरु हुनेछ ।

सात चरणमा सम्पन्न भएको २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटमा लगभग ६५.१४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

भारतमा लोकसभाको निर्वाचन १९ अप्रिल देखि १ जुनसम्म गरि सात चरणमा भएको थियो । यो सन् १९५२ पछिको सबैभन्दा लामो निर्वाचन हो । सन् १९५२ मा निर्वाचन प्रक्रिया ४ महिनासम्म चलेको थियो । सन् १९८० मा मात्र ४ दिनमा निर्वाचन भएको थियो । यस्तै, २०१९ को निर्वाचन ३९ दिनमा सम्पन्न भएको थियो ।

यसपटक प्रधानमन्त्री नरेन्द्र मोदीसहित ४३ केन्द्रीय मन्त्री, १२ पूर्व मुख्यमन्त्री, ८ फिल्मस्टार र २ पूर्व क्रिकेटर चुनावी मैदानमा थिए ।

चुनाव सम्पन्न भएपछि सार्वजनिक भएका एक्जिट पोलले हाल सत्तामा रहेका नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि अत्यधिक बहुमतसहित सत्तामै रहने आँकलन गरेका छन् ।

५४३ सदस्यीय भारतको लोकसभामा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले ३५० देखि ४०० सम्म सिट जित्न सक्ने अनुमान गरिएको छ । एक सिटमा एनडीएका उम्मेदवार निर्विरोध भइसकेका छन् ।

त्यस्तै विपक्षी इण्डिया गठबन्धनले भने आफूहरुको कम्तिमा २९५ सिट आउने र मोदी सरकार बिदा हुने दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ७ : ४० बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा