उर्जा मन्त्रालयले माग्यो अर्थसँग साढे ३८ करोड बजेट | Khabarhub Khabarhub

उर्जा मन्त्रालयले माग्यो अर्थसँग साढे ३८ करोड बजेट


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले गत असारको बाढीका कारण मुलुकका विभिन्न स्थानमा क्षतिग्रस्त भएका सिंचाई संरचनाहरुको पुनः निर्माणको लागि अर्थमन्त्रालयसंग ३८ करोड २६ लाख ५२ हजार रुपैया उपलब्ध गराउन माग गरेको छ ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीले विहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि क्षतिग्रस्त संरचना मर्मतका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिए । उनले क्षतिग्रस्त संरचनाको मर्मत तथा नयाँ निर्माणका लागि सिंचाई विभागले तयार पारेको तात्कालीन र दीर्घकालिन कार्ययोजना अनुसार मर्मत र निर्माणका लागि ३८ करोड २२ लाख र दीर्घकालिन कार्यका लागि २ अर्ब ११ करोड २२ लाख लाग्ने जानकारी दिए ।

सम्भावित बाढीका बारेमा बर्षाद पुर्व जल तथा मौसम विभागबाट पूर्व सूचना जारी गरिएकाले आवश्यक सर्तकता अपनाइएको र बाढीको समयमा जलश्रोत तथा सिंचाई विभाग अन्र्तगतका कार्यालयबाट आपत्तकालीन बचावटका कार्य संचालन गरिएकाले अनुमान गरे भन्दा कम क्षति भएको बताए ।

गत बर्ष ५ अर्ब बजेट निकासा भएकोमा यस बर्ष साढे २ अर्ब मात्रै भएको भन्दै उनले सबै बजेट स्थानीय तहमा गएकाले नदी संरक्षण, नियन्त्रण र जोखिम न्यूनीकरणका लागि तीन वटै सरकारबीच समन्वय आवश्यक पर्ने बताए ।

मन्त्री पुनले नदीको वहाव प्राकृतिकरुप भन्दा विपरित दिशाबाट संरचना बनाएकाले पनि डुबानको समस्या निम्तिने गरेको उल्लेख गर्दै समस्या सम्बोधनका लागि सरोकारवाला मन्त्रालयबीच एकीकृत योजना बनाउनुपर्ने आवश्यकता औल्याए ।

गत असार २७ देखि २९ गते सम्मको अबिरल बर्षाका कारण नदी तथा स्थानीय खोलामा आएको बाढीका कारण तराई लगायत मुलुकका विभिन्न स्थानका सिंचाई आयोजना तथा तटबन्धहरु क्षतिग्रस्त बनेका छन् ।

मन्त्रालयले लाल बकैया नदी नियन्त्रण आयोजना कार्यालयबाट ४० हजार थान बोरा र २ सय ५० थान नाइलन जाली तथा लाल बकैया नदीबाट विभिन्न स्थनमा भएक कटान र डुबान नियन्त्रणका लागि बागमति तथा ललबकैया नदी नियन्त्रण आयोजना कार्यालयबाट १ लाख ६२ हजार थान बोरा तथा ७ सय ५५ थान नाईलन जाली क्षतिग्रस्त स्थानहरुमा उपलब्ध गराउने काम भएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ६ : ११ बजे

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका

बीपी राजमार्ग भोलिदेखि चौबीसै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक– यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा

विदेशमा रहेका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले एक खर्ब