नेपाल स्तब्ध भएको विश्वकपको खेलमा फ्यानको साथ (फोटो फिचर) « Khabarhub

नेपाल स्तब्ध भएको विश्वकपको खेलमा फ्यानको साथ (फोटो फिचर)


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं, जेठ २३ गते । अमेरिकाको डालासको ग्रान्ड पिएरे क्रिकेट स्टेडियममा नेपाल आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भयो । तर मैदानमा नेपाली टोलीको जर्सी र राष्ट्रिय झण्डा बोकेर नेपालको पक्षमा हुटिङ गर्ने फ्यानले संसारको ध्यान खिँचेको छ ।

टस हारेर पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन जोडेको थियो । १०७ रनको विजय लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो । नेपालको हरेक बलमा फ्यानको हुटिङले संसारका क्रिकेट समर्थक र मिडियाको ध्यान तानेको हो ।

अमेरिकाको टेक्सासको डालासमा मात्र अहिले एक लाख सङ्ख्याको हाराहारीमा नेपाली बसोबास गर्दै आएका छन् । अन्य राज्यबाट समेत नेपालको खेल हेर्न नेपाली मैदानमै पुगेका थिए ।

तस्बिर : क्यान

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ६ : २४ बजे

फिर्केखोलाका अनाधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी – पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिवले दिए पत्रकारलाई धम्की, कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौं – जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले

‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदार स्वदेश फिर्ता

काठमाडौं– ‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी