तीन दिनभित्र छात्रवृत्ति विवरण पेस गर्न निजी विद्यालयलाई अनुरोध « Khabarhub

तीन दिनभित्र छात्रवृत्ति विवरण पेस गर्न निजी विद्यालयलाई अनुरोध


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुलाई अनिवार्यरुपमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ ।

महानगरपालिकाको शिक्षा विभागले आज एक सूचना जारी गर्दै महानगरपालिका भित्र सञ्चालित सबै निजी विद्यालयले कक्षा १० सम्मका कक्षाहरुमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने जनाएको छ ।

महानगरका अनुसार बुधबारसम्म महानगर क्षेत्रका ४७३ संस्थागत विद्यालयले छात्रवृत्तिको विवरण उपलव्ध गराएका छन् । महानगरले विवरण उपलव्ध गराउने विद्यालयहरुको विवरण सार्वजनिक गरेको छ ।

छात्रवृत्ति विवरण पेस गर्न बाँकी विद्यालयहरुले महानगपालिका शिक्षा विभागको लिंक https://datacollection.kathmandu.gov.np/#/auth/basic मा तीन दिनभित्र उपलब्ध गराउन अनुरोध गरिएकाे छ ।

यस अवधिभित्र पनि माग भएको विवरण पेस नगर्ने विद्यालयहरुलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रुपमा अभिलेखीकरण गरी यस्ता विद्यालयहरुमा विद्यार्थी भर्ना नगर्न/नगराउन र गराएको भए अन्यत्र स्थानान्तरण गर्न समेत अभिभावहरुलाई सूचित गरिने उल्लेख छ ।

महानगरले रीतपूर्वक १० प्रतिशत छात्रवृत्ति उपलव्ध नगराउने निजी विद्यालयहरुलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ९ : ३४ बजे

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका

सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान जारी : अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत

मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा स्थानीय तहलाई सक्रिय हुन आग्रह

सुदूरपश्चिम- राष्ट्रिय मानवअधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयले मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना

‘म्याथ सिक्ने’ गीत अस्वीकृतको बाछिटा : ‘मास्टर्नी’को प्रिमियरमा दुर्गेश गयल !

काठमाडौं – फिल्म प्रचारको फन्डा बहिष्कारको कारक बनेपछि के हुन्छ