अब बजेटमा केही गर्न सकिँदैन : अर्थमन्त्री « Khabarhub

अब बजेटमा केही गर्न सकिँदैन : अर्थमन्त्री


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले वार्षिक बजेटमा भएका कुराहरूमा अर्थ मन्त्रालयले केही गर्न नसक्ने बताएका छन् ।

प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि सांसदहरूको जिज्ञासा सम्बोधन गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।  थप रकम अपुग भएमा अर्थ मन्त्रालयको विविध शीर्षकमा रहेको रकमबाट व्यवस्थापन गर्न सकिने उनले बताए ।

‘बेला बेला अर्थ मन्त्रलायले यसो गर्‍यो-त्यसो गर्‍यो भनिन्छ । वार्षिक बजेटमा भएका कुरामा अर्थले केही गर्दैन,’ उनले भने, ‘जब थप रकम आवश्यक हुन्छ या विपद्‌मा अपुग हुन्छ, त्यस्तो अवस्थामा अर्थ विविधमा रहेको रकमका लागि अर्थ मन्त्रालयको सहमति चाहिने हुन्छ ।’

बजेट प्रस्ताव गर्दा तयारी पूरा नभएका आयोजनालाई बजेट कार्यान्वयनको चरणमा तयारी पूरा गर्न सक्षम तुल्याउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ४ : ०४ बजे

सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले सुनसरी लगायतका स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान

सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी

काठमाडौं– मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी

एमालेमा यतिसम्म हुन्छ : जब गुन्डुको बैठक कक्षमा केपीसामु बेहोस भएर ढले जगन्नाथ

काठमाडौं- संघीय संसद्को चुनावबाट नराम्रोसँग धक्का व्यहोरेका दुई वाम नेकपा

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।