तिलोत्तमा गोल्डकपः दार्जिलिङ्गविरुद्ध पुलिसको दुई गोल | Khabarhub Khabarhub

तिलोत्तमा गोल्डकपः दार्जिलिङ्गविरुद्ध पुलिसको दुई गोल


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– बुटवलमा जारी तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा जित निकाल्दै विभागिय टिम नेपाल पुलिस क्लवले विजयी शुरुवात गरेको छ ।

युनाइटेड फुटबल क्लव दार्जलिङ्गलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिसले विजयी शुरुवात गरेको हो । खेलको पहिलो हाफको अन्तिममा अतिरिक्त समयको सदुपयोग गर्दै नेपाल पुलिसका रबि पासवानले ४७ औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

त्यस्तै दोस्रो हाफको ६३ औं मिनेटमा पुलिसका मिलन राईले गोल गर्दै पुलिसको जित सुनिश्चित गराएका थिए । खेलको म्यान अफ दि म्याच बनेका रबि पासवान नगद १० हजार पुरस्कार प्राप्त गरे ।

त्यसैगरी बुधबार विदेशी पाहुना टोली टिम क्यामरुन र झापा ११ बिच प्रतिस्पर्धा हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा फुटबल जारी छ ।

प्रतियोगितामा नेपाल, भारत र क्यामरुनका गरी कुल १० टिमको सहभागिता रहेको छ । नेपालमा फुटबल खेलको विकास गर्ने उद्देश्य सहित वि.सं २०३३ सालमा तत्कालीन बुटवल नगर पन्चायतको आर्थिक सहयोगमा स्थापना भएको तिलोत्तमा गोल्डकपको यो २१ औं संस्करण हो ।

प्र्रतियोगितामा प्रथम हुने टिमले ८ लाख ८० हजार नगद पुरस्कारसहित गोल्डकप उचाल्नेछ भने दोश्रो हुने टिमले ५ लाख ५० हजार नगद प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान मोटरसाइकल प्राप्त गर्ने छ भने उत्कृष्ट गोलकिपर लगायत अन्य विधामा उत्कृष्ट हुनेलाई २५–२५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ६ : ५४ बजे

सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी– पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले खानेपानी

भारतीय विद्युतमन्त्री खट्टर आज नेपाल आउँदै 

काठमाडौं– भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार

पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित

काठमाडौं – पोप फ्रान्सिसको निधनले संसारका धेरै देशका निर्धारित कार्यक्रम

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको

पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ४ मा सञ्चालित पाल्ही