भागीबिहे गरेको भन्दै पाकिस्तानमा आफ्नै बाबुले गरे दुई छोरीको हत्या « Khabarhub

भागीबिहे गरेको भन्दै पाकिस्तानमा आफ्नै बाबुले गरे दुई छोरीको हत्या


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेम विवाह गरेको भन्दै पाकिस्तानमा आफ्नै बाबुले दुई जना छोरीको हत्या गरेका छन् ।

पाकिस्तानको पञ्जाब प्रान्तको वेहारी जिल्लामा सियाद हुसेन धादी नाम गरेका मानिसले प्रेम विवाह गरेको भन्दै दुई छोरीको हत्या गरेका  स्थानीय सञ्चार माध्यमले जनाएका छन्  ।

हत्या हुनेमा निशतअफशान रहेको जनाइएको छ । धादीले आफ्ना छोरा असिम, र अरु आफन्तहरू अदनान, अफशाल र रियाजको सहयोगमा छोरीको हत्या गरेका हुन् ।

प्रहरी घटनास्थल पुग्दा त्यहाँ निशतअफशानको शव रगतले लत्पतिएको अवस्थामा फेला परेको जनाइएको छ ।

हत्याराहरु भने घटनास्थलबाट फरार रहेकाले खोजी अभियान सञ्चालन गरेको र पछि सियादलाई भने पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । घटनास्थलमा फेला परेका शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।

स्थानीय स्रोतलाई उद्धृत गर्दै डनले उल्लेख गरेअनुसार दुई दिदीबहिनीले घरबाट भागेर आफ्नै मर्जीमा बिहे गरेका थिए ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ५ : १५ बजे

पाकिस्तानमा दुई विस्फोट, सात जनाको मृत्यु

पेशावर- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा शनिबार भएका दुई

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर

रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै