भागीबिहे गरेको भन्दै पाकिस्तानमा आफ्नै बाबुले गरे दुई छोरीको हत्या « Khabarhub

भागीबिहे गरेको भन्दै पाकिस्तानमा आफ्नै बाबुले गरे दुई छोरीको हत्या


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेम विवाह गरेको भन्दै पाकिस्तानमा आफ्नै बाबुले दुई जना छोरीको हत्या गरेका छन् ।

पाकिस्तानको पञ्जाब प्रान्तको वेहारी जिल्लामा सियाद हुसेन धादी नाम गरेका मानिसले प्रेम विवाह गरेको भन्दै दुई छोरीको हत्या गरेका  स्थानीय सञ्चार माध्यमले जनाएका छन्  ।

हत्या हुनेमा निशतअफशान रहेको जनाइएको छ । धादीले आफ्ना छोरा असिम, र अरु आफन्तहरू अदनान, अफशाल र रियाजको सहयोगमा छोरीको हत्या गरेका हुन् ।

प्रहरी घटनास्थल पुग्दा त्यहाँ निशतअफशानको शव रगतले लत्पतिएको अवस्थामा फेला परेको जनाइएको छ ।

हत्याराहरु भने घटनास्थलबाट फरार रहेकाले खोजी अभियान सञ्चालन गरेको र पछि सियादलाई भने पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । घटनास्थलमा फेला परेका शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।

स्थानीय स्रोतलाई उद्धृत गर्दै डनले उल्लेख गरेअनुसार दुई दिदीबहिनीले घरबाट भागेर आफ्नै मर्जीमा बिहे गरेका थिए ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ५ : १५ बजे

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ।