चीनलाई हराउँदै इरान एसियन कपको सेमिफाइनलमा | Khabarhub Khabarhub

चीनलाई हराउँदै इरान एसियन कपको सेमिफाइनलमा


११ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । चीनलाई ३–० ले हराउँदै इरान एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इरानको भेट जापानसँग हुनेछ ।

यूएईको आबुधावीमा रहेको मोहम्मद विन जायद स्टेडियममा भएको खेलमा इरानका लागि मेहदी तारेमी, सरदार अज्मउन र करिम अन्सारिफार्दले एक एक गोल गरे । तारेमीले १८औं मिनेटमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए ।

३१औं मिनेटमा अज्मउनले गोल गरेपछि इरानले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । दोस्रो हाफको इन्ज्युरी समयमा अन्सारिफार्दले गोल गरेपछि इरान सहजरुपमा सेमिफाइनलमा पुगेको हो । यसअघि भियतनामलाई १–० ले हराउँदै जापान सेमिफाइनलमा पुगिसकेको छ ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ९ : ३८ बजे

एकता राष्ट्रिय सम्मेलनमा पार्टी मातहतका सबै कमिटीलाई सहभागी हुन परिपत्र

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले पार्टी मातहतका सबै कमिटीलाई यही कात्तिक

सरकारको निर्णयविरुद्ध सर्वाेच्च पुगे हितेन्द्रदेव, मंगलबारलाई पेसी

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध

भक्तपुरको बाल सुधारगृहबाट फरार १७ जना पक्राउ

भक्तपुर – भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट आइतबार फरार भएका २०

यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आगामी पुस

संस्थापन पक्षको ७ बुँदे प्रस्ताव, फागुन २१ को चुनावमा भाग लिएर आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान

काठमाडौं- नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र समयलाई लिएर नेताहरूबीचको विवाद