अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ नागरिक पक्राउ | Khabarhub Khabarhub

अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ नागरिक पक्राउ


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पर्सा – अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पर्सा प्रहरीले चीनको हुनान प्रान्तमा बस्ने ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओलाई पक्राउ गरेको हो ।

उनीहरूलाई प्रहरीले वीरगञ्जको विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (एसपी) कुमार विक्रम थापाले जानकारी दिए।

उनीहरूको साथबाट प्रहरीले कम्प्युटर डेस्कटप, मोनिटर, पासपोर्ट, ल्यापटप, प्रिन्टर, मोबाइल भारतीय सिमकार्डलगायतका सामग्रीहरू बरामद गरेको छ ।पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १० : ०१ बजे

एक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ८३ वन्यजन्तु मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु

धितोपत्र बोर्डका सात नीति, ८८ कार्यक्रम : यो वर्ष के गर्दैछ पुँजीबजार नियामकले ?

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ का

आईओईका महासचिव सान्तोष नेपाल आउँदै

काठमाडौं– रोजगारदाताहरुको अन्तर्राष्ट्रिय सङ्गठन (आईओई) का महासचिव रोबर्टो सुवारेज सान्तोष तीन

ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्छु : प्रचण्ड

काठमाडौं– ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

बाजुरामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १५ घाइते

बाजुरा– बाजुराको हिमाली गाउँपालिकामा बिहीबार बिहान जीप दुर्घटना हुँदा दुई