नेपाल खेलकुद महासंघले माग्यो क्यान अध्यक्ष चन्दको राजीनामा « Khabarhub

नेपाल खेलकुद महासंघले माग्यो क्यान अध्यक्ष चन्दको राजीनामा


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल खेलकुद महासंघले त्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले अध्यक्ष चन्दको राजीनामा मागेको हो।

क्यान अध्यक्ष चन्द अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाललाई विश्वकपका लागि प्रदान गर्ने १५ खेलाडी र १० सपोर्टिङ स्टाफमध्ये प्रशिक्षण समयदेखि अनिवार्य रुपमा हुनुपर्ने टिम डाक्टरलाई टिममा नराखी उक्त स्थानमा आफू र श्रीमतीसहित अमेरिका पुगेको भन्दै नैतिकताका आधारमा राजीनामा गर्न र राजीनामा नगरे कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

खेलाडीहरुलाई अमेरिकामा अध्यक्ष चन्दले चन्दा उठाउने हेतुले राति राति होटलमा खेलाडीहरूलाई उभ्याएको र फोटो खिचाउने काममा लागाएको आरोप लगाउँदै महासंघले यसबारे सत्यतथ्य छानबिन गर्न माग गरेको छ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै महासंघका केन्द्रीय सचिव विप्लव घोषले विश्वकप अगाडि क्यान अध्यक्ष चन्दको मिलेमतोमा क्यानका सचिव पारस खड्का अमेरिका पुगेर नेपाली खेलाडीले हस्ताक्षर गरेको ब्याट र टिसर्ट अक्सनमा राखेर बेचेको, अमेरिकामा बसोवास गर्ने नेपालीहरूले चन्दा उठाएर उपलब्ध गराएको रकम हालसम्म क्यानको बैंक खातामा दाखिला नभएको क्यानका स्वयं पदाधिकारी एंव केन्द्रिय सदस्यहरूले कुरा उठाएको बताए।

‘क्यान अध्यक्ष चतुरबहादुर चन्द अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी० ले नेपाललाई विश्वकपको लागी प्रदान गर्ने १५ खेलाडी र १० ‘सपोर्टिङ स्टाफ’मध्ये प्रशिक्षण समयदेखि अनिवार्य रूपमा हुनु पर्ने टिम डाक्टरलाई टिममा नराखी उक्त स्थानमा आफू श्रीमतीसहित अमेरिका पुगेपछि आईसीसीले टिम डाक्टर अनिवार्य टिममा हुनुपर्ने र अध्यक्ष भएर ’सपोर्टिङ स्टाफ’ को ‘कोटा’ मा आउन नमिल्ने भनेर उनको नाम सूचीबाट हटाई उक्त स्थानमा डाक्टर समावेश गरेको सर्वविदितै छ । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको बेइज्जत भएको छ । अन्तर्राष्ट्रियस्तरमा देशको शिर निहुराउने कार्य गर्ने क्यान अध्यक्षले नैतिकताको आधारमा आज नै राजीनामा दिनुपर्ने माग गर्दछौ’ महासंघका केन्द्रीय सचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  १० : ४१ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दी धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता