पाँच संवैधानिक आयोगका पदाधिकारीको सुनुवाई शुरु | Khabarhub Khabarhub

पाँच संवैधानिक आयोगका पदाधिकारीको सुनुवाई शुरु


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले विभिन्न पाँच वटा संवैधानिक आयोगका पदाधिकारीहरुको सुनुवाई शुरु गरेको छ ।  संसदीय सुनुवाई विशेष समितिले मंगलबारबाट संवैधानिक परिषदले सिफारिस गरेका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रस्तावित अध्यक्ष बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका प्रस्तावित अध्यक्ष डा. शान्तराज सुवेदीको सुनुवाई गरेको हो ।

सुनुवाईको क्रममा दुवै आयोगका प्रस्तावित अध्यक्षद्धय पौडेल र सुवेदीले आफ्नो योग्यता, क्षमता र कार्ययोजनाको वितरण समितिमा पेश गर्दैै संविधानले दिएको जिम्मेवारी पूरा गर्न प्रतिवद्ध भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रस्तावित अध्यक्ष पौडेलले तीन वटै तहको वित्तिय अन्तरसम्बन्धलाई सहज बनाउन सहजकर्ता, सहअस्तित्व र समन्वय गर्ने संविधानले निर्दिष्ट गरेको जिम्मेवारी अनुसार आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले तीनै तहको सरकारबीचको वित्तिय अन्तरसम्बन्धलाई सहजीकरण गर्न आफूले आयोगमार्फत् सक्दो पहल गर्ने योजना पनि अघि सारे ।

त्यसैगरी समितिको बैठकमा आफ्नो योग्यता, अनुभव र कार्ययोजना पेश गर्दै राष्ट्रिय समावेशी आयोगका प्रस्तावित अध्यक्ष सुवेदीले पछाडि परेका समुदाय र भूगोललाई अघि बढाउने गरी आयोगको कामलाई अघि बढाउने योजना रहेको बताए ।

समितिले मधेशी आयोगका अध्यक्षका प्रस्तावित डा. विजयकुमार दत्त र थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौंधरीको सुनुवाई भने आगामी बिहीबार ९ गते बस्ने बैठकमा गर्ने निर्णय पनि गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णले दत्त र थारुको सुनुवाई विहीबार बस्ने समितिको बैठकमा हुने जानकारी दिए ।

समितिले मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीमाथि परेको नागरिकता सम्बन्धि उजुरी भने छानविन गरेर आवश्यक निर्णय लिने पनि स्पष्ट पारेको छ । गत माघ ६ गते बसेको संवैधानिक परिषदको बैठकले विभिन्न पाँच वटा संवैधानिक आयोगका पदाधिकारी सिफारिस गरेको थियो ।

तर सो बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता सहभागी नभई गरिएको निर्णय भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले भने सु्नुवाई प्रक्रिया नै बहिष्कार गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ७ : ५० बजे

पीएसबी नेपालको एक वर्ष पूरा, ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै

काठमाडौं– सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले स्थापनाको एकवर्षे यात्रा पूरा

गर्भवतीलाई पोषण भत्ता वितरण

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता

रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार

पर्सा– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी

हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर- यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको